कपुरकोट गाउँपालिकाले दियो पोषिलो खानेकुराका लागि १६ लाख बढी रकम

शंकर केसी ।
सल्यान, २४ असार (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाले गर्भवति तथा दुई वर्षसम्मका बालबालिकाका आमाहरुलाई पोषिलो खानेकुराका लागि १६ लाख बढी रकम उपलब्ध गराएको छ ।
सुनौलो हजार दिनका महिलाहरुलाई पोषिलो खानेकुराका लागि १६ लाख ७७ हजार ६ सय रुपैयाँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै पौष्टीक खाद्यतत्व सहितको झोला पनि वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले बताउनुभयो ।
गाउँपालिकाबाट ६ वटै वडाहरुमा अण्डा, माछामासु गेडागुडी किनेर खानका उक्त रकम दिइएको हो ।
गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले सुनौलो हजार दिनका आमा र बच्चाको स्वास्थ्यमा टेवा पु¥याउने गरी योजना निर्माण गरेर गाउँपालिकाले विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको बताउनुभयो ।
पालिकाका एक हजार तिन सय ९८ जना गर्भवती र दुई बर्ष मुनीका बालबालिकाहरुको लागि पोषण खाना किन्न उक्त रकम दिइएका हो । रेडियो कपुरकोट सल्यानका शंकर केसीले समाचार पठाउनुभएको छ ।