सुर्खेत, २४ असार (जागरण) । दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आफ्नो ४० औ जन्मउत्सवको अवसरमा जोखिममा रहेका विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।
पालिकाभित्र रहेका जोखिम र विपन्न परिवारका ३६ जना बालबालिकालाई विद्यालय पोसाक, झोला, नोटबुक र अन्य सामग्री प्रदान गर्नुभएको हो ।
आफ्नै खर्चमा एकजनालाई तिनहजारको दरले एकलाख ८ हजारको शैक्षिक सामग्री प्रदान गरिएको उहाले जानकारी दिनुभयो ।
विपन्न र जोखिममा रहेका बालबालिकाहरुलाई पठनपाठनमा केही सहज होस भनेर ति सामग्री दिइएको उहाले जानकारी दिनुभयो ।
आफ्नो पालिकाले बालबालिकाको क्षेत्रमा धेरै काम गरेको भन्दै बालबालिकामा लगानी बढाउन सके दिर्घकालिन उपलब्धी हासिल हुने ओलीको भनाई छ ।
उहाले आफ्नो जन्मदिनको अवसरमा बालबालिका, वृद्धवृद्धा र दलित समुदायलाई सहयोग गर्दै आउनुभएको छ ।