भोली कर्णालीका पाँच जिल्लामा विद्युत अवरुद्ध हुने

सुर्खेत, २५ असार (जागरण) । कर्णालीका पाँच जिल्लामा भोली दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
कोहलपुर–सुर्खेत ३३ किभि प्रशारण लाइनमा बुश कटिङ (हाङ्गाविङ्गा) हटाउन पाँच जिल्लामा ८ घण्टा विद्युत काटिने भएको हो ।
बिहान ९ बजेदेखि साझ पाँच बजेसम्म सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र रुकुम पश्चिममा विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले सुचना मार्फत जानकारी दिएको छ ।
कोहलपुर–सुर्खेत ३३ केभी प्रशारण लाइन आसपासमा प्राधिकरणले रुखका हाङाहरु हटाउँदै आएको छ ।
हेर्नुहोस्, सुचना