कर्णालीमा मौलीक संस्कृति र परम्पराहरु संकटमा, सरोकारवालाहरुको चिन्ता

नन्द कठायत ।
सुर्खेत, २७ असार (जागरण) । कर्णालीमा मौलीक संस्कृति र परम्पराहरु संकटमा पर्न थालेको प्रर्ती सरोकारवालाहरुले चिन्ता गरेका छन् ।
कर्णाली रैबारसँग कुराकानी गर्दै उनिहरुले नेपाली समाजमा आधुनिकता भित्रिएको र युवापुस्ता पनि लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा कर्णालीको मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेको प्रति उनीहरुले चिन्ता गरेका हुन् ।
उनीहरुले कर्णाली क्षेत्र सभ्यता र संस्कृतिको केन्द्रविन्दु, नेपाली भाषाको उद्गम स्थल भएकाले पछिल्ला पुष्ताहरुले सस्कृतीे र सस्कारको जगेर्नामा सचेत हुनुपर्ने बताएका छन् ।
स्थानीय मौलीक सस्कृतीको संरक्षणमा लागेका सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का नरेन्द्र कुमार वलीले मौलिक संस्कृति र कला संरक्षणको लागि युवा पुस्ताले पनि चासो दिनुपर्ने बताउनुभयो ।
उहाँले कर्णालीको भाषा, सस्कृतीको, सभ्यता र रहरनसहन पर्यटको प्रमुख स्रोत हुन सक्ने भन्दै स्थानीय र प्रदेश सकारले मौलिक सस्कृतीलाई जोगाउने तर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो । यस्तै जुम्लाका स्थानीय कलाकार धनराज सुनारले पनि भौगलिक संस्कृती, भेषभूषा र लोक–संस्कृतिप्रति स्थानीय सरकार र प्रदेश सरकारले लगानीगरी खोज, अनूसन्धानमा ध्यान दिनुपर्ने बताउनुभयो ।
यता स्थानीय सरकराहरुले पनि स्थानीय संस्कृती जगेर्नाको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताएका छन ।
हुम्लाको नाम्खा गाउँपालिकाले मौलिक संस्कृती जगेर्ना गर्न प्रत्येक बर्ष विभिन्न कार्यक्रमहरुमा बजेट बिनियोजित गरिएको गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले बताउनुभयो ।