नन्द कठायत ।
सुर्खेत, २८ असार (जागरण) । कर्णाली प्रदेश सरकारलले सुरु गरेको कृषि ऋणमा व्याज अनुदान कार्यक्रममार्फत दुई सय ४० जना कृषकले ऋण लिएका छन् ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ बाट सुरु गरेको यो कार्यक्रम मार्फत अहिलेसम्म दुई सय ४० जनाले ऋण लिएका हुन ।
प्रदेशको भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयका अनूसार व्यावसायिक कृषि र पशुपालन र जडिबुटी उत्पादन गर्ने किसानहरुले यो ऋण पाउने व्यवस्था कार्यक्रममा गरिएको छ ।
किसानलाई ऋण उपलब्ध गराउनको लागि सरकारले राष्ट्रिय वाणिज्य बैंक, कृषी विकास बैंक, नेपाल बैंक र कुषी सहकारी संस्थासँग सम्झौता गरेको थियो ।
किसानले आफ्नो व्यवसाय प्रवर्धन गर्न उक्त बैंक र सहकारी संस्थाहरुबाट सहुलियत ऋण लिन पाउने र त्यसको व्याज प्रदेश सरकारले तिरिदिने गरेका मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यो कार्यक्रमलाई प्रभावकारी बनाउन रकम दुरुपयोग हुन नदिनेगरी कार्यविधि बनाएको उहाले दाबी गर्नुभयो ।
उहाँँले आगामि वर्षमा सकारले बढी भन्दा बढी वास्तविक कृषकलाई समेट्नेगरी यो कार्यक्रम अगाडी बढाउने जानकारी दिनुभयो ।
मन्त्रालयले अढाई अर्ब रुपैयाँ ऋण लगानी गर्दा व्याज तिर्न पुग्नेगरी चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामि आर्थिक वर्ष २०७८÷७९ का लागि पनि ५ करोड रकम प्रस्ताव गरेको उहाँले बताउनुभयो ।
यता कृषकहरुले भने वास्तविक किसानसम्म यो कार्यक्रमको पहुँच नपुगेको र उनिहरुले ऋण नपाएको गुनासो गरेका छन् । भने कृषिसँग जानकार व्यक्तीहरुले यो कार्यक्रमको प्रभावकारितामा प्रश्न उठाएका छन ।