कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य हुन सकेन

सुर्खेत, ३० असार (जागरण) । कर्णाली प्रदेशसभाको जारी आठौँ अधिवेशन अन्तर्गतको १७ औँ बैठक पनि कार्यसुचिमै प्रवेश गर्न नपाई अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मंगलबार पनि संसद अवरुद्ध गरेको हो ।
सरकारमा रहेका एमालेका तीन जना मन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान कायमै रहेको छ ।
करिब २७ मिनेट सञ्चालन भएको सदन प्रतिपक्ष एमालेले कार्यसुचीमा प्रवेश गर्न नै दिएन ।
एमाले सांसद दानसिंह परियारले वैधानिक रुपमा नैतिकता सरकारले गुमाईसकेकाले बजेट पास गरेपनि दफाबार छलफल हुन नसक्ने चेतावनी दिनुभयो ।
सा.सद परियारले तीन बर्षको कार्यकालमा ६ किलोमिटर कालोपत्रे सडक, ५२ प्रतिशत गरिबीको आयमीलाई १ प्रतिशत पनि घटाउन नसकेको भन्दै सरकार पूर्ण असफल भएको बताउनुभयो ।
आसेपासेका नाममा यसअघिका बजेट विनियोजन गर्दै आएको र यो बर्ष पनि त्यस्तै देखिएकाले कुनै हालतमा यस्तो काम गर्न नदिने उहाले चेतावनी दिनुभयो ।
बैठक संचालन हुन नसकेपछि सभामखु राज बहादुर शाहीले बैठक स्थगित गर्नुभएको छ । बैठक बुधबार पनि बस्दै छ ।
लगातारको संसद अवरुद्धका कारण कर्णाली प्रदेश सरकारले ल्याएको बजेट माथीको छलफल हुन सकेको छैन ।