अशोकनाथ योगी ।
कालिकोट, ३० असार (रेडियो नेपाली आवाज) । कालिकोटमा भिरबाट खसेर गम्भीर घाईते भएकी १३ वर्षिया बालिकाको उपचारमा सहयोग जुट्न थालेको छ ।
सादा नेपाल संस्थाले १० हजार १ सय ११ रुपैया खर्च रकम उपचारसहयोग गर्ने बताएको छ ।
सान्नि त्रिवेणी गाउँपालिका वडा नं. २ निवासी १३ वर्षिया बालिका मन्जु विष्टको भिरबाट लडेर गम्भिर घाईते हुनुभएको थियो । उहाको उपचारका लागि कालिकोट जिल्लाबाट जुम्ला रेफर गरिएको छ ।
असार ८ गते भिरबाट लडेर गम्भिर घाईते भएकी बालिकाको हाल कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा आइसियुमा राखेर उपचार भैरहेको छ ।
घरपरिवारले उहाको उपचारका लागी आवश्यक आर्थिक रकम जुटाउन नसकेर उपचारमा समस्या भएको बताएका छन ।
बालिकाको उपचारको लागि विभिन्न व्यक्ती संघ संस्थाहरुले सहयोग गर्न थालेका छन ।