चौरजहारी नगरपालिकाका ५० प्रतिशत युवाहरु स्वरोजगार

सुर्खेत, ३१ असार (जागरण) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले गाउँमा बेरोजागर बसेका ५० प्रतिशत युवाहरुलाई स्वरोजगार बनाइएको बताएको छ ।
विकास निमार्णमा युवाहरुलाई परिचालन गर्नेदेखि कृषि र पशुपालनका क्षेत्रमा ५० प्रतिशत युवाहरुलाई स्वरोजगार बनाइएको जानकारी दिएको हो ।
वेरोजगार युवालाई रोजगार मुखि बनाइ रोजगारको सुनश्चित गर्न नगरपालिकाले कृषी उत्पादन, साना उद्योग र निमार्णका काममा युवाहरुलाई परिचालन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रममा पनि कृषी, रोजगार तथा युवा परिचालन कार्यक्रममा बजेट केन्द्रीत गरिएको छ ।
यो कार्यक्रम मार्फत बाँकी बेरोजगार बसेका युवाहरुलाई पनि रोजगारी दिइने नगर प्रमुख विशाल शर्माले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
नगरपालिकाले युवाहरुलाई श्ुरुवातदेखि नै परिचालन गर्दै आएको भन्दै उहाँले पालिकामा अनुदानका कार्यक्रम, प्रत्यक्ष रोजगार हुने खालका कार्यक्रमहरुमार्फ युवालाई जिविको पार्जनका काममा आवद्ध बनाइएको बताउनुभयो ।
४ बर्षको अवधीमा आफुहरुले गरेका प्रतिवद्धता करिब भएको बताउनुभयो । अहिले नगरपालिका भित्र स्वास्थ्य, शिक्षा, रोजगारीको अवस्था सन्तोषजनक रहेको उहाको भनाई छ ।
नगरपालिका भित्रका सबै वडामा एक घर एक धारा कार्यक्रम अन्तरगत खानेपानी पुर्याएको उहाले जानकारी दिनुभयो ।
आउँदो आर्थिक बर्षको लागि नगरपालिकाले स्वास्थ्य, शिक्षा, कृषी उत्पादन र रोजगारलाई प्राथमिकता दिएर बजेट केन्द्रीत गरेको छ ।