लाखौंको आलु कुहिएपछि सल्यानका किसान मारमा

सल्यान, ३१ असार (जागरण) । लाखौंको आलु कुहिएपछि सल्यानका किसान मारमा परेका छन् । व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका–११ वाफुखोलाका किसानहरु मारमा परेका हुन् ।
१० देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले पहिलोपटक यस्तो समस्या आएको बताएका छन् ।
आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताउनुभयो । १५ रोपनीमा करिब २०० क्विन्टल आलु भएको र जसमा १० क्विन्टलभन्दा कुहिएको उहाँको भनाई छ ।
यस्तै, एक सय क्विन्टल खनेकोमा २० क्विन्टल कुहिएको अर्का किसान केशरबहादुर वलीले बताउनुभयो ।
आलुखेती जीविकोपार्जन गर्ने किसानहरु यो वर्ष ठूलो मारमा परेको उहाँको भनाइ छ ।
आलु कुहिएपछि माटो र आलु परीक्षणका लागि सुर्खेत ल्याइएको छ ।