एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम चिङ्गाड गाउँपालिकामा पनि विस्तार

सुर्खेत, ३१ असार (जागरण) । यसअघि सुर्खेतका दुईवटा स्थानीय तहमा खानेपानी सम्बन्धी काम गर्दै आएको एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रम सुर्खेतको चिङ्गाड गाउँपालिकामा पनि विस्तार भएको छ ।
हेल्भेटास नेपालको आर्थिक साझेदारी र समामज जागरण केन्द्र स्याक नेपालको सामाजिक तथा प्राविधिक सहजिकरणमा यो कार्यक्रम सञ्चालन भएको हो ।
आज गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द र हेल्भेटासको तर्फबाट मदनराज भट्ट तथा, समाज जागरण केन्द्र स्याक नेपालको तर्फबाट कार्र्य समिति सदस्य एवम कार्यक्रम फोकल पर्सन् चौवानसिंह रानाले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ।
यो कार्यक्रमले यसै आर्थिक बर्षदेखि चिङ्गाड गाउँपालिकाका १८० घरधुरीका झण्डै २ हजार बराबरको जनसंख्यालाई खानेपानी तथा सरसफार्यको पहुँच पु¥याउने उद्देश्य राखेको छ ।