सुर्खेत, ३१ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि भएको छलफलमा सांसदहरुले उठाएका जिज्ञासामाथि जवाफ दिए लगत्तै सरकारको नीति तथा कार्यक्रम पारित गरियोस् भनि प्रस्ताव पेश गर्नु भएको थियो ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालद्वारा जेठ २६ गते प्रस्तुत भई मुख्यमन्त्री शाहीद्वारा पारितका लागि प्रस्तावित सरकारको नीति तथा कार्यक्रम सभामुख राजबहादुर शाहीले हिजोको बैठकमा निर्णयार्थ पेश गर्नुभएको थिया ।
उक्त प्रस्तावको विपक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले मतदान गरेका हुन् । यद्यपी कांग्रेसले विपक्षमा मतदान गरेपनि सरकारको निती तथा कार्यक्रम बहुमतले पारित भएको हो ।