सुर्खेत, २ साउन (जागरण) । कर्णालीबाट गत आर्थिक वर्षमा मात्रै ५ सय १७ जना महिला बालबालिका हराए, कर्णालीबाट गत आर्थिक वर्ष २०७७÷७८ मा ५ सय १७ जना महिला तथा बालबालिका हराएका छन् ।
हराएकामध्ये महिला २ सय ९२ जना महिला, ८५ बालक जना र एकसय ४० जना बालिका छन् ।
जसमध्ये सुर्खेतबाट २ सय ५०, दैलेखबाट १ सय २४, जाजरकोट २६, रुकुमपश्चिमबाट १८ र सल्यानबाट ४५ जना हराएको हुन् ।
त्यस्तै, जुम्लाबाट २१ जना, डोल्पाबाट नौ जना, हुम्लाबाट सात जना, मुगुबाट पाँच जना र कालिकोटबाट आठ जना गरी कुल २ सय ८२ जना महिला तथा बालबालिका हराएका छन ्। तीमध्ये १३३ जना महिला, ४४ जना बालक र ६४ जना बालिका भेटिएका छन् ।
पछिल्लो तीन वर्षको अवधिमा कर्णालीबाट एक हजार ९ सय २ जना महिला तथा बालबालिका हराएको प्रहरीको लतथ्याङ्कमा छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८ सय ६४ जना बालबालिको अवस्था अझै अज्ञात छ । बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरिएको छ ।
आर्थिक बर्ष २०७५÷०७६ देखि हालसम्म हराएका एक हजार ९०२ जना सुर्खेतका ४२२ जनाको अवस्था अज्ञात छ । त्यस्तै, दैलेखका १९१, जाजरकोटका ७२, रुकुमपश्चिमा ७६ र सल्यानका ४१ जनाको अवस्था पनि अज्ञात छ । जुम्लाका ३६, हुम्लाका १६, डोल्पाका पाँच, कालिकोटका २३ र मुगुका १२ जनाको अवस्था पनि यकिन छैन ।
अध्ययन, रोजगारी र सुख सुविधाको प्रलोभनमा परेर कारण महिला तथा बालबालिकाहरु हराउने गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता अर्जुन चन्दले बताउनुभयो ।
तस्कारले विभिन्न प्रलोभनमा परेर महिला तथा बालबालिकाहरु भारत तथा विभिन्न शहरमा पु¥याउने गरेको प्रहरीले बताउने गरेको छ ।