प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै

काठमाडौं, ३ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उहाले विश्वासको मत लिन लाग्नुभएको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सङ्घीय संसद् सचिवालयमा प्रधानमन्त्री देउवाले सदनबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराउनको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनुभयो ।
सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनःस्थापनासँगै प्रधानमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका सभापति देउवाले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लाग्नुभएको हो । उहा गत असार २९ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने माओवादीको निर्णय

यस्तै, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेबारे छलफल गर्न बिहान ११ बजे बैठक बोलाइएको थियो।

देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा रहनुहुन्नः एमाले
यता, नेकपा९एमाले०ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि पार्टीका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेकाले देउवालाई विश्वासको मत दिने सांसदहरु पार्टीमा नरहने बताउनुभएको हो ।
प्रवक्ता ज्ञवालीले एमालेले देउवा सरकारको विपक्षमा मतदान गर्ने पनि बताउनुभयो ।
प्रवक्ता ज्ञवालीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको पक्षमा नरहेको पनि जिकिर गर्नुभयो । प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिन लागेको विषयले विभिन्न प्रश्न जन्माएको पनि उहाँको भनाइ छ । एमालेले प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको पहिलो बैठकमा नै विश्वासको मत लिने निर्णय गर्नुका पछाडि एमालेलाई फुटाउने उद्देश्य रहेको ठहर समेत गरेको छ ।आज ललितपुरको च्यासलमा रहेको तुलसी स्मृति भवनमा बसेको स्थायी कमिटी बैठकले एमाले विभाजन गराउने प्रयासबाट आजै विश्वासको मत लिने निर्णय गरेको निष्कर्ष निकालेको हो । पार्टी प्रवक्ता ज्ञवालीले नेता नेपाल पक्षलाई विश्वासको मतको विपक्षमा उभ्याउन गरिएको पछिल्लो प्रयास पनि असफल भएको जानकारी दिनुभयो । आजको स्थायी कमिटी बैठकमा पनि एमालेका वरिष्ठ नेता नेपाल समूह अनुपस्थित भएको छ । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल समूह सहभागी भएको थिएन ।