बोहराको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयमा आशिंक शिक्षक समिति पुनर्गठन

मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत आशिंक शिक्षकहरुको समिति पुनर्गठन गरिएको छ । विश्वविद्यालय स्थापनाकालदेखी नै विश्वविद्यालयको नीतिगत, पाठ्यक्रम संशोधन, पठनपाठनको गुणस्तर सुधार, मूल्यांकन प्रणाली लगायत प्राज्ञिक विषयहरूमा समेत आंशिक शिक्षकहरुको महत्वपूर्ण योगदान रहदै आएको भए पनि उनीहरुको वृत्ती शृङ्खलामा विश्वविद्यालयले त्यति चासो नदिएको भन्दै यी विषयहरुमा वार्ता, सम्वाद र सहकार्यका लागि समिति पुनर्गठन गरिएको हो ।
जसको अध्यक्षमा शिक्षा संकायका छविलाल बोहरा चयन हुनुभएको छ भने उपाध्यक्षमा मानविकी संकायका रविन्द्र विसी रहनुभएको छ ।
त्यसैगरी, सचिवमा विज्ञान संकायका निरक कुमार शाही, सहसचिवमा शिक्षा संकायका नानिमायाँ राना र कोषाध्यक्षमा पोषण रेग्मी चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा रमेश बुढा, शारधा शाही, गंगा शाह, पूर्ण भण्डारी, तृष्णा मल्ल जगत प्रसाद पाण्डे रहनुभएको छ । भने सल्लाहकारमा गणेश आचार्य लगायत रहनुभएको छ ।
समितिले आंशिक शिक्षकको हकहितका लागि काम गर्ने भन्दै समितिलाई सहि तरिकाले अगाडी बढाउने अध्यक्ष बोहराले बताउनुभयो । उहाले शैक्षिक गुणस्तरका लागि शिक्षकहरु गोलबन्ध हुन आवश्यक रहेको बताउनुभयो ।