मध्यपश्चिम विश्वविद्यालयका प्रध्यापकहरुद्वारा आन्दोलनका थप कार्यक्रम सार्बजनिक

सुर्खेत, ११ साउन (जागरण) । मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरुले आन्दोलनका थप कार्यक्रमहरु घोषणा गरेका छन ।
नेपाल राष्ट्रीय प्राध्यापक संगठनले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनका अन्य कार्यक्रमहरु घोषणा गरेका हो ।
इन्जिनियरिङ्ग संकायका कार्यक्रम निर्देशक विश्वनाथ प्रसाद यादवलाई गरिएको कार्वाहीलाई यथासिग्र फिर्ता लिन माग गरेको छ ।
क्याम्पसका पधादिकारीहरुको नियुक्ति प्रक्रियाका सवै कार्यविधि तथा प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै थप आन्दोलिनका कार्यक्रम संगठनले सार्बजनिक गरेको हो ।
विश्वविद्यालयमा अनिश्चितकालिन तालावन्दी, विश्वविद्यालयका सम्पुर्ण कार्यक्रम बहिष्कार, उपकुलपतिका कु–कृत्यका बारेमा भण्डाफोर, प्लेकार्ड सहित प्रर्दशन र आमरण अनशन लगायतका विरोध कार्यक्रम सार्वजनिक गरेको हो ।
क्याम्पसमा कार्यरत कर्मचारीहरुलाई उपकुलपतिले गालिगलौज गर्दै मानहानी हुने भाषा, अमानविय व्यवहार गर्ने र क्याम्पसलाई आफन्तको भर्ति केन्द्र वनाउने गरेको आरोप समेत लगाएका छन् । केहिदिनदेखि संयुक्त विद्यार्थीहरुले आफ्ना १८ वुँदे माग राख्दै तालावन्दी गरेका छन् ।
विद्यार्थी र प्रध्यापकहरुको आन्दोलने विश्वविद्यालयका परिक्षाहरु तोकिएकै समयमा हुने नहुने अनिश्चित बनेका छन ।
यसरी उपकुलपति, प्राध्यापक तथा विद्यार्थीविच विवाद सिर्जना भए मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यमाथीनै प्रश्न चिन्ह खडा भएको छ ।
यता, विश्वविद्यालयले भने आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति बनाइसकेको छ । तर वार्ताको लागि वातावरण बिथोल्ने काम आन्दोलनरत पक्षले गरेको विश्वविद्यालय प्रशासनको आरोप छ ।
परिक्षा नियन्त्रकको कार्यालयले सबै परिक्षाहरु तोकिएकै मितिमा हुने बताइसकेको छ ।