मुगुको बाम गाउँमा जीप दुर्घना,सहचालकको मृत्यु चालक घाइते

राज कुमार भाम
मुगु, १३ असार ।
मुगु जिल्लाको बाम गाउँमाको नाफा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा सहचालककोे मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
मुगुको बामबाट हुम्ला जाँदै गरेको लु १ ज ४१०२ नम्बरको जीप मंगलबार दुर्घटनामा परेको हो । दुर्घटनामा हुम्लाको चंखेली गाउँपालिका- ३ मेखाला गाउँका सहचालक बर्ष २४ का हर्क बहादुर ऐडीको मंगलबार जिल्ला अस्पताल मुगुमा उपचारका क्रममा मृत्यु भएको छ । चालक दल बहादुर रोकायाको भने उपचार भैरहेको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहयक निरिक्षक रतन बहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चलिरहेको जीपको अगाडी पट्टीको टाएर फुत्कीदा दुर्घटना भएको हो ।