कोरोनाले थलिदै शैक्षिक क्षेत्र

सुर्खेत, १४ साउन (जागरण) । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि कर्णालीमा पठन–पाठन शुरु हुन सकेको छैन । प्रदेशका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक नै पाउन सकेका छैनन् । भने कतिपय स्थानीय तहमा पाठ्यपुस्तक उपलब्ध भए पनि कोभिड–१९ को महामारी कारणले गर्दा पठन–पाठनमा समस्या भएका बताएका छन् ।
शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना सम्म पनि हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा पाठ्यपुस्तक पुग्न सकेको छैन । ती जिल्लाहरुका स्थानीय तहका सामुदायिक विद्यालयमामा अन्य वैकल्पिक माध्यमको सम्भव नभएको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।
हुम्लामा वैकल्पिक माध्यममा विद्यार्थीको पहुँच नभएको र पुस्तक पनि समयमा प्राप्त गर्न नसक्दा विद्यार्थीको सिकाइ प्रकृया ठप्प भएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले सरकारले निजि प्रकाशकलाई जिम्मा दिएकाले प्रकाशक र वितरकबीचको कमिशनको खेलले विद्यार्थीले समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले कोरोना संक्रमणको डरको कारण भौतिक रुपमा विद्यालय सञ्चालनबारे अझै निश्चित हुन नसकेको उहाँले बताउनुभयो । …आवाज…
यसैगरी, जुम्लाको सिंजा गाउँपालिकामा पनि अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । गाउँपालिका अध्यक्ष देवल सिं रावलले कोरोनाले गर्दा अहिलेसम्म पाठेपुस्तक ल्याउन नसकेको बताउनुभयो ।
अध्यक्ष रावलले विद्यालय खुलाउने कि के गर्ने भन्ने कुरामा जिल्ला प्रशासनको निणर्य अनूसार अगाडी बढ्ने बताउनुभयो ।
कर्णालीका मुगु र कालीकोट जिल्लाका केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकाले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो । तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेको स्थानीय हतहरुले बताएका छन् ।
यता सल्यानको कालिमाटी गाउँपालिकाले कोरोनाको प्रकोप बढेकाले विद्यालय सञ्चालन गर्नेमा अन्यवल भएको जनाएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर केसीले विद्यार्थी भर्नागरे पनि कोरोना संक्रमण फैलने जोखिमीका कारण विद्यालय खोल्न समस्या भएको बताउनुभयो ।
सुर्खेतको गुर्भाकोट नागरपालिकाका नगर प्रमुख हस्त पुनले भने कोरोना महामारीका कारण बन्द रहेका विद्यालय बैकल्पिक विधिमार्फत पठापाठन गर्ने बताउनुभयो । उहाँले अहिले पठन पाठन ठप्प रहेको भन्दै बैकल्पिक विधिमार्फतगर्नेगरी नगरपालिका छलफलमा रहेको बताउनुभयो ।
यता प्रदेशको शिक्षा विकास निर्देशनालयले भने इन्टरनेटको पहुँच नभएका क्षेत्रमा रेडियो र सन्र्दभ सामाग्री मार्फत पठनपाठन सञ्चालन गर्ने बताएको छ । शिक्षा विकास निर्देशनालयका निर्देशक दिपा हमालले विद्यार्थि भर्ना कार्यक्रम सकिएकाले अब छिट्टै पाठ्यपुस्तक सँग सम्बन्धीत सन्र्दभ सामग्री मार्फत पठनपाठन गराइने बताउनुभयो ।