सुर्खेत, १५ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले तिन बर्षमा जम्मा ८० करोड रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।
सरकारको व्ययभार भने बढ्दै गइरहेको देखिन्छ । तर आन्तरिक आम्दानी भने एक चार बर्षसम्म एक करोड पनि नपुगेको हो । जबकी सरकारको बजेट भोलम भने ३६ अर्ब बराबर छ । अनुमानित खर्च व्यहोर्ने आन्तरिक स्रोत न्यून हुँदाहुँदै प्रदेश सरकारले अनुदानकै भरमा वार्षिक बजेट ल्याउने गरेको छ । आफ्नै आयस्रोत बढाउने अथाह सम्भावना हुँदा पनि आयस्रोतको आकार परिर्वतन हुन नसक्नु दुखत भएको आर्थिक क्षेत्रमा सरोकार राख्नेहरु बताउछन ।
प्रदेश सरकारले पहिलो आर्थिक वर्षमा आयस्रोत नै जुटाउन सकेन भने त्यसपछिका दुई आर्थिक वर्षमा पनि लक्ष्यअनुसार आन्तरिक आम्दानी जुटाउन सकेन । चौथो आर्थिक वर्षमा लक्ष्यभन्दा करिब ६६ प्रतिशतले आन्तरिक आम्दानी वृद्धि गर्दासमेत चार आर्थिक वर्षमा कुल आन्तरिक आम्दानी ८० करोड ७५ लाख १७ हजार रुपैयाँमात्रै भएको छ ।
यता, सरकारले भने बर्षेनी आन्तरिक आम्दानी बढाउने कार्यक्रम ल्याइएको बताउँदै आएको छ । परिणाम त त्यस्तो देखिदैन ।
यस्तै, कर्णाली प्रदेश सरकारले तिन वर्षको अवधिमा प्रदेशभर जम्मा २९ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
प्रदेश सरकारले यसलाई ठूलो भौतिक उपलब्धि भनेको छ । यद्यपि सुर्खेत र सल्यान बाहेक अन्य जिल्लामा प्रदेश सरकारले सडक कालोपत्रे गरेको छैन । वितेको दुइवटा आर्थिक बर्षमा ८ किलोमिटर र गत आर्थिक बर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको हो । कालोपत्रे गरिएका अधिकांश सडक वीरेन्द्रनगरका हुन् ।