कर्णाली प्रदेशमा १८ प्रतिशत बालबालिका कोरोना संक्रमित

सुर्खेत, १५ साउन (जागरण) । कर्णाली प्रदेशमा १८ प्रतिशत बालबालिका कोरोना संक्रमित भएका छन । अन्य समुह जस्तै बालबालीकाहरुमा संक्रमणको चपेट्टामा परेका हुन ।
कर्णालीमा जम्मा संक्रमित २९ हजार ९ सय ९५ मध्य ६ हजार बालबालिका संक्रमित भएको प्रदेशको स्वासथ्य निर्देशनालयले जानकारी दिएको छ ।
निर्देशनालयका अनूसार कोरोना भाइरसको दोस्रो लहरमा बालबालिका पनि पीडित छन् । अघिल्लो वर्षको तुलनामा प्रदेशमा बालबालिकामा संक्रमणदर तिब्र देखिएको हो ।
निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले कर्णालीमा कोरोनाको पहिलो लहरमा ४ प्रतिशत रहेकोमा पछिल्लो समय बढेर १८ प्रतिशत बालबालिकामा संक्रमित भइसकेको कर्णाली रैबारलाइ जानकारी दिनुभयो । …आवाज…
प्रदेशमा हालसम्म ७३ प्रतिशत २० देखि ५० वर्ष उमेर समुहका व्यक्तीहरुमा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
निर्देशक खड्काले सुर्खेत, दैलेख र सल्यानमा बालबालिका बढी कोरोना संक्रमित भएका बताउनुभयो ।
कोरोनाको सम्भावित तेश्रो लहर आउन सक्ने भन्दै यो लहरमा बालबालिका धेरै संक्रमण चपेट्टामा पर्ने सक्ने विज्ञहरुले बताइरहेका छन ।
सबै उमेर समुहका नागरिकहरुमा कोरोना संक्रमण जोखिम रहेको भन्दै अझै बालबालिकामा धेरै जोखम रहेकाले सतर्कता अपनाउन उहाले आग्रह गर्नुभयो ।
यस्तै, कर्णालीमा अहिले भेरोसिल्ड खोप अभियान ६ जिल्लामा चलिरहेको छ । प्रदेशभर हालसम्म भेरोसेल खोप ३८ हजार २ सय ९८ जनाले लगाएका छन ।
कर्णालीमा २५ हजार ८ सय १६ जनाले कोभिड सिल्ड खोपको दुइ वटै मात्र पुरा गरेका छन् । अहिले एक लाख १८ हजार ६ सय २५ जनालाई भेरोसिल्डको खोप लगाउने लक्ष्य रहेको निर्देशक खड्काको भनाइ छ ।