कर्णाली प्रदेश सरकारविरुद्ध तीन सय बढी भ्रष्टाचारका उजुरी

सुर्खेत, १५ साउन (जागरण) । कर्णाली प्रदेश सरकारविरुद्ध तीन सय बढी भ्रष्टाचारका उजुरी परेका छन् । आर्थिक वर्ष २०७७÷०७८ मा प्रदेश सरकारविरुद्ध तीन सय पाँच वटा भ्रष्टाचारका उजुरी परेका हुन् । उजुरी मध्ये प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र मातहतका कार्यालयविरुद्ध मात्रै एक सय १४ वटा उजुरी परेका हुन् ।
त्यस्तै, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयविरुद्ध ८३ वटा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयविरुद्ध ६३ वटा, सामाजिक विकास मन्त्रालयविरुद्ध ४५ वटा र मुख्यमन्त्री कार्यालयविरुद्ध एउटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ ।
कुल उजुरी मध्ये एक सय ४८ वटा मात्रै फछ्र्योट भएका छन् । बाँकी एक सय ५८ वटा उजुरी छानविनकै क्रममा रहेको अख्तियार सुर्खेतका सूचना अधिकारी रमेश गौतमले जानकारी दिनुभयो ।