सुर्खेत, १६ साउन (जागारण) । कर्णालीका स्थानीय सरकारको आन्तरिक आम्दानी न्युन देखिएको छ । एथेष्ट योजना बनाउन नसक्दा आन्तरिक आम्दानी बढ्न नसकेको हो ।
स्थानीय सरकारलाई विभिन्न शिर्षकमा कर उठाउने अधिकार छ भने अर्कोतिर साना तथा मझौला उद्योग स्थापना गरि आम्दानी बढाउन सकिने प्रसस्त सम्भावनाहरु छन । तर स्थानीय सरकारहरुले त्यता तर्फ ध्यान दिन नसकेको जानकारवालाहरु बताउछन । प्रदेशका अधिकांस स्थानीय तहको आन्तरिक आम्दानी न्युन छ ।
सुर्खेतको चौकुने गाउँपालिकाले गत आर्थिक बर्षमा २१ लाख आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । तर पालिकाले जम्मा १५ लाखमात्र आम्दानी गर्न सक्यो । आन्तरिक आम्दानी बढाउने विभिन्न योजना बनाइएको भन्दै गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीले विद्युत र सडकको अभावले लक्ष्य पुरा हुन नसकेको कर्णाली रैबारलाई बताउनुभयो ।
यस्तै, सल्यानको कालिमाटी गाउँपालिकाले ५० लाखको आन्तरिक आम्दानी गरेको छ । एक करोडको लक्ष्य राखेको भएपनि गिट्टी बालुवा निकासीमा विवाद हुँदा लक्ष्य भेट्टाउन नसकिएको गाउँपालिका अध्यक्ष दान बहादुर केसीले जानकारी दिनसभयो ।
यता, जुम्लाको सिंजा गाउँपालिकाले पनि आफ्नो लक्ष्यअनुसार उठाउन सकेन । गाउँपालिकाले २० लाखको आम्दानी गर्ने लक्ष्य लिएपनि १० लाख मात्रै आम्दानी गरेको छ ।
गाउँपालिका अध्यक्ष देवलसिह रावलले आफुहरुसँग श्रोतको अभाव भएको भन्दै आम्दानी गर्ने ठाउँ नभएको बताउनुभयो ।
संविधानले स्थानीय सरकारहरुलाई २२ वटा अधिकार दिएको ति मध्य विभिन्न शिर्षकमा कर उठाउनेदेखि आन्तरिक आम्दानी बढाउने योजनाहरु निर्माण गर्न सक्छन ।