जाजरकोट, १७ साउन (जागारण) । जाजरकोटको कुुशे गाउँपालिका जन्तलामा कुटपिट गरेर एक जनाको हत्या भएको छ ।
कुशे गाउँपालिका ८ जन्तालामा स्थानीय युवाको कुटपिटबाट ३५ वर्षीय इन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।
आपसी लेनदेनका विषयमा स्थानीय विमलप्रकाश सिंहले इन्द्रमाथि ज्यान लिने उद्धेश्यले कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका उहाको घरमै मृत्यु भएको हो ।
कुटपिट गरेर इन्द्रको हत्या गरेपछि स्थानीय आक्रोशित भएका छन् । प्रहरीले घटनास्थलबाटै कुटपिट गर्ने विमल सिंहलाई पक्राउ गरेर हिरासतमा राखेको छ । स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हत्याको आरोपी विमललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको छानबिन गरिरहेको छ ।