धान खेती गर्दा यी कुरामा ध्यान दिनुस् (अडियोसहित)

सुर्खेत, ३१ जेठ (जागरण) । वर्षादको समय शुरु भएसँगै अहिले किसानहरुलाई धानको विउ राख्ने र रोपाईँ गर्ने चटारो भईसकेको छ । मानो रोपेर मुरी फलाउने भन्दै धान रोपाईँ गर्ने किसानहरु कहिलेकाहीँ मिहेनत अनुसार खेती नहुँदा निराश हुने गर्दछन् । विउ राख्ने बेलादेखि धान काट्ने बेलासम्म खेतीको स्याहार कसरी गर्ने भन्ने कुराबाट किसान जानकार नहुँदा यस्तो समस्या प्रायः हुने गरेको छ । यसै विषयमा रहेर हामीले जिल्ला कृषि विकास कार्याल सुर्खेतका सहायक कृषि प्राविधिक यादव केसीसँग कुराकानी गरेका छौँ । सहकर्मी मुना हमालले उहाँलाई सबैभन्दा धान खेती गर्दा किसानले कस्ता कुरामा ध्यान दिनुपर्छ भनेर सोध्नुभएको छ । सुन्नुस् यो कुराकानी