विद्यार्थीहरु र प्रध्यापककहरुका जायज माग पुरा गर्न मध्यपश्चिम विश्वविद्यालय तयार

सुर्खेत, १७ साउन (जागारण) । मध्यपश्चिम विश्वविद्यालयले विद्यार्थीहरु र प्रध्यापककहरुका जायज माग पुरा गर्न तयार रहेको बताएको छ ।
केही माग बाहेक अन्य माग पुरा गर्न तयार रहेको बताएको हो ।
जागरण एफएमको साप्ताहिक कार्यक्रम जन जिज्ञासामा आज कुराकानी गर्दै मध्यपश्चिम विश्वविद्यलका रजिष्टार डाक्टर नारायण प्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।
उहाले विद्यार्थीहरुले उठाएका मागका सम्बन्धमा वार्ता गर्न उच्च स्तरिय वार्ता टोली पनि बनाइएको भन्दै शान्तिपूर्ण ढङ्गले समस्या समाधान गर्न तयार रहेको बताउनुभयो ।
विश्वविद्यालयको आन्तरिक श्रोतलाई समेत ध्यान दिएर प्रत्येक बर्ष १० प्रतिशत फि बढाउने नीति बनाइएको भएपनि कोरोनाकै कारण त्यो फि नबढाएको र मर्कामा पर्ने विद्यार्थीहरुको लागि राहत दिने कुरामा विश्वविद्यालय सहमत रहेको उहाले बताउनुभयो ।
उहाले विद्यार्थीहरुका मागहरु अन्तरगतको अनलाइन परिक्षा अहिलेको अवस्थामै संचालन गर्न भने नसकिने बताउँदै यो विद्यार्थीहरुकै हितको लागि भएको बताउनुभयो ।
प्रध्यापकहरुका मागको सम्बन्धमा पनि विश्वविद्यालय गम्भिर भएर लागेको उहाले बताउनुभयो ।
केहीदिनदेखि संयुक्त विद्यार्थी र प्रध्यापकहरु विभिन्न माग राख्दै आन्दोलित भएका छन । जसका कारण तोकिएका परिक्षाहरु समेत स्थिगित भएका छन । तर सहमती भने हुन सकेको छैन ।