जसले कर्णाली नदिमा पाैडिएर आफू र बच्चालाई बचाइन अनि खाेप लगाएर छाडिन्

सुर्खेत १७ जागरण ।
बालबालिकालाई नियमित खाेप लगाउन कैलालीकाे माेहन्याल गाउँपालिकाबाट  सुर्खेतकाे चाैकुने गाउँपालिका आउन लागेका महिलाहरु सवार डुँगा कर्णाली नदिमा पल्टिएकाे छ ।
डुँगा पल्टिदा त्यसमा सवार ४ जनाकाे नदिमा डुबेर मृत्यु भएकाे छ । एक महिलाले भने आफ्नाे र बच्चाकाे ज्यान जाेगाउन सफल भएकी छन् ।
डुँगा पल्टिएपछि नदिमा पाैडिएर माेहन्याल गाउँपालिकाकी हसना आलेले आफू र आफ्नाे ४ महिनाकाे छाेरालाई बचाउन सफल भएकी हुन् । दुर्घटनाबाट बचेकी उनले आाफ्नाे नानीकाे खाेप नछुटाेस भन्नका लागि चाैकुने गाउँपालिका सुर्खेतकाे बिजाैरा स्वास्थ्य चाैकीमा आएर आफ्नाे बच्चालाई नियमित खाेप लगाएकाे चाैकुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेले जानकारी दिए । उपचारका लागि साेल्टा स्वास्थ्य चाैकी लिने भनेता पनि आफ्नाे बच्चाकाे खाेप नछुटाेस भन्नका लागि बिजाैरा स्वास्थ्य चाैकी ल्याएकाे प्रमुख पाण्डेले बताए । सामान्य उपचार पछि आमा र बच्चा स्वास्थ्य सामान्य रहेकाे पाण्डेले जानकारी दिए ।
उनका अनुसार डुँगामा सवार एक जना ५ महिनाकाे गर्भवती १७ बर्षिय पार्वति डेंगा मगर , १८ बर्षिय उर्मिला सलामी र उनकी  १७ दिनकी  छाेरी र २१ बर्षिया धनसरा सलामीकाे मृत्यु भएकाे छ ।
भाैगाेलिक रुपमा सुर्खेतकाे चाैकुने गाउँपालिकासंग नजिक पर्ने भएकाले माेहन्याल गाउँपालिकाका माथिल्लाे भेगका मानिसहरु विभिन्न सेवा सुविधा लिन चाैकुने आउने गरेका छन् ।