हुम्लाको ताँजाकोटका सबै बिद्यालय सञ्चालन

कालिबहादुर थापा

हुम्ला, १८ साउन ।

हुम्लाको ताँजाकोट गाउँपालिकाले सबै सामुदायिक बिद्यालय सञ्चालनमा ल्याएको छ ।

साउन ७ गते बसेको गाउँ कार्यपालिकाको बैठकले १५ गतेबाट सबै बिद्यालयहरु सञ्चालनमा ल्याउने निर्णय गरे अनुसार विधालय सञ्चालन भएका हुन् । बिद्यालयहरु सञ्चालनमा ल्याए पनि केहि शिक्षकहरु बाहिर भएकाले आउनेक्रम रहेकोले केहि दिनमा सबै शिक्षकहरु पनि बिद्यालयमा आई पुग्ने गाउँपालिका शिक्षा शाखा प्रमुख जयरुद्र ढकालले जानकारी दिनु भएको छ । । जिल्लाका अन्य गाउँपालिकाले बिद्यालय सञ्चालनमा ल्याइ नसकेको अबस्थामा सबैको सल्लाह बमोजिम १५ गतेबाट सबै बिद्यालय सञ्चालनमा ल्याउने निर्णय भए अनुसार नै सबै बिद्यालयहरु सञ्चालनमा ल्याएको बताउनु भयो ।