अझै भेटिएनन् कर्णालीमा वेपत्ता भएका ३ जना

फाइल फाेटाे

सुर्खेत, १८ साउन ।

कर्णाली नदिमा आइतबार (हिजाे) डुँगा पल्टिदा वेपत्ता भएका ३ जनाकाे अझै सम्म पत्ताे लाग्न सकेकाे छैनन् । विहानैदेखि प्रहरी र स्थानीयले खाेजी गरिरहेका भएपनि कुनै अत्ताेपत्ताे नलागेकाे इलाका प्रहरी कार्यालय सोल्टाका प्रमुख सई राजेन्द्र कुमाले जानकारी दिनुभयाे ।

कैलालीको माेहन्याल गाउँपालिका ३ रागा मलेख गाउँबाट नियमित खाेप लगाउनका लागि सुर्खेतकाे चाैकुने गाउँपालिका बिजाैरा आउन कर्णाली नदिमा डुँगा तर्नेक्रममा डुँगा पल्टिएकाे थियाे । नदिमा डुवेकी २२ बर्षकी धनसरी सलामीको शव हिजाे नै  फेला परेको छ । तर उनीसंगै नदिमा डुवेका ३ जना भने बेपत्ता छन् । सइ कुमालका अनुसार बर्ष २० की पार्वती थापा, बर्ष २२ की उर्मिला सलामी र उनकी दश दिनकी छोरी प्राप्ती सलामी वेपत्ता छन् ।   दुई जना डुँगा चालक सहित १० जना चढेको डुँगा आइतबार विहान दश बजेतिर कर्णाली नदिमा पल्टिएको हो । ४ जनाले भने सकुशल ज्यान जोगान सफल भएका छन् । उनीहरु सबै मोहन्याल गाउँपालिका वडा नं. ३ मलेखका वासिन्दा हुन् ।

 स्थानीय र इलाका प्रहरी कार्यालय साेल्टाबाट आएकाे प्रहरी टाेली विहानै देखि वेपत्ताहरुकाे खाेजी गरिरहेकाे सइ कुमालले जानकारी दिनुभएकाे छ ।