जुम्लामा राष्ट्रिय प्रसारणलाईनको बिजुली पुर्याउने अन्तिम तयारी

सुर्खेत, १८ साउन (जागरण) । जुम्लामा राष्ट्रिय प्रसारणलाईनको बिजुली पुर्याउने अन्तिम तयारी भएको छ ।
दैलेख, कालिकोटहुँदै एघार केभिए प्रसारण लाईनको बिजुली जुम्ला पुर्याउन लागिएको हो ।
अबको ४ दिनभित्र जुम्ला राष्ट्रिय प्रशारण लाइनमा पुगी सक्ने नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख सुरेश अग्रहरीका अनुसार जुम्ला राष्ट्रिय प्रसारणलाईनमा जोड्ने अन्तिम तयारी भएको छ ।
विद्युत पुग्ने भएपछि जुम्लामा रहँदै आएको लोडसेडिङ्ग समस्या हट्ने अपेक्षा गरिएको छ ।