लामो समय हुँदा पनि आफुहरु पुनस्थापित हुन नसकेको कर्णाली प्रदेशका बाढी प्रभावितहरुको गुनासो

सुर्खेत, १९ साउन (जागारण) । कर्णाली प्रदेशका बाढी प्रभावितहरुले लामो समय हुँदा पनि आफुहरु पुनस्थापित हुन नसकेको गुनासो गरेका छन ।
बाढी पहिरोका कारण विस्तावित भएका प्रदेशका प्रभावितहरुले पुनस्थापना हुन नसकेको र कतिपयले राहत समेत नपाएको गुनासो गरेका हुन ।
विषेशगरी २०७१ साल साउन अन्तिम साता आएको बाढीले विस्तावित भएका मध्य केहीले अझैपनि राहत नपाएको गुनासो गरेका हुन । त्यतीबेला सुर्खेतका ९ सय ७० परिवार विस्थापित भएका थिए ।
लामो समयसम्म पनि पुनःस्थापना नहुँदा समस्या भएको भन्दै सरकारले दिने भनेको राहत लिन जाँदा समेत नपाइएको सुर्खेत वीरेन्द्रनगर १२ का बाढी प्रभावित जंग बहादुर गुरुङ्गले कर्णाली रैबार मार्फत गुनासो गर्नुभयो ।
प्रदेश सरकारले ०७५ चैतमा कर्णालीका विभिन्न जिल्लाका बाढीपीडितलाई प्रतिपरिवार ३ लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
त्यसका लागि गत आर्थिक बर्षमा मात्रै सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । तर त्यो रकम सबै पिडितहरुले पाउन नसकेका हुन ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार सुर्खेतका पाँच सय ९१ परिवारले सरकारले दिने भनेको राहत रकम पाएका छन भने ५४ घर परिवारले राहत रकम पाउन सकेका छैनन ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सुचना अधिकारी कृष्ण बहादुर रोकायले एकहजार ४५ जनालाई सिफारिस आएको भन्दै त्यसपछिका व्यक्तीहरुले रकम नपाएको बताउनुभयो ।
उहाका अनुसार अहिले जमिन नभएका ७९ परिवारलाई जग्गा खरिद गर्न १ लाख ५० हजारका दरले १ करोड १८ लाख रुपैयाँ दिइएको थियो ।
उहाले केही प्राविधिक कठिनाईका कारण स्थानीय तहहरुमा गएको रकम बाढी प्रभावितहरुसम्म नपुगेको हुन सक्ने भन्दै अर्थ मन्त्रालयसँग १२ करोडक रकम माग गरिएपनि त्यती रकम नछुट्टिएको बताउनुभयो ।
उहाले सरकारले नीति र कार्यविधि सहज बनाइदिए यी कामहरु गर्न सहज हुने बताउनुभयो ।