सुर्खेत, १९ साउन ।
जाजरकोटको भेरी नगरपालिकाका ९ सय भन्दा बढी बालवालिका पोषण भत्ता पाउनबाट बञ्चित भएको घटनाप्रति बालअधिकारका लागि कर्णाली प्रदेशस्तरीय नागरिक सञ्चालले ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिका र बैंकको लापरबाहीका कारण नगरभित्रका चार वटा वडाका ९७९ बालवालिका पोषण भत्ता पाउनबाट बञ्चित भएका हुन् । नगरपालिका र बैंकको लापरबाहीका कारण नगरभित्रका वडा नम्बर ४, , ९ र १० का ५ वर्षमुनिका बालवालिका पोषण भत्ताबाट बञ्चित भएका हुन् । वडा नम्बर ४ का १३९, वडा नम्बर ८ का २६३, वडा नम्बर ९ का २१०, वडा नम्बर १० का ३० जना बालवालिकाले आर्थिक बर्ष २०७७÷७८ को पोषण भत्ता नपाउने भएका छन् । सञ्जालका संयोजक टिकाराम आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तिमा सो विषयमा तत्काल छानविन गरी दोषिलाई कानुृनी कारबाही गर्न तथा सामाविक सुरक्षा सुविधा प्राप्त गर्नुपर्ने बालबालिकाहरुलाई सम्बन्धित निकायबाट यथासक्य छिटो भत्ता उपलब्ध गराउनका माग गरिएको छ ।