ढकालकाे आगमनपछि फेरियाे आयुर्वेद औषधालयकाे मुहार


सुर्खेत, २० साउन ।
कर्णाली प्रदेश आर्युेवेद औषधालय सुर्खेतमा पछिल्लो समय सेवा ग्राहीहरुको आकर्षण बढ्न थालेको छ ।
औषधालयलाई व्यवस्थित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाएपछि सेवाग्राहीको संख्यामा बृद्धि भएको हो । आर्थिक वर्ष २०७५।०७६ मा २२ हजार ९०, ०७६।०७७ मा २८ हजार ३५५ र गत आर्थिक वर्षमा ३४ हजार २७३ जनाले सेवा लिएका छन् ।
२०७६ बैशाखमा विनोद ढकालको अध्यक्षतामा गठन भएको व्यवस्थापन समितिले औषधालयका सेवा विस्तार तथा सुधार गरेपनि सेवाग्राहीको संख्यामा उल्लेख बृद्धि भएको औषधालयका प्रमुख डा.शंकर रिजालले जानकारी दिए । समिति आएपछि औषधालयको आन्तरिक आम्दानी समेत बृद्धि डा.रिजालले बताए । उनका अनुसार पछिल्ला तीन वर्षमा औषधालयले ४८ लाख ८४ हजार ९३ रुपैया आम्दानी गरेको छ ।
औषधालयबाट हाल स्टिमवाथ, पायल्सको क्षारसुत्र विधिबाट उपचार, ल्याब र भिडियो एक्सरे सेवा थप गरिएको डा. रिजालले बताए । कार्यकाल सकिएपछि आप्mनो कार्यकालमा गरेका काम बारे बताउदै अध्यक्ष ढकालले जीर्ण अवस्थामा रहेको औषधालयका भवनको स्तर उन्नती, जनशक्तिको सही परिचालन र आवश्यक स्रोत साधनको व्यवस्थापनबाट औषधालयको स्थिति धेरै सुधार गरेको दाबि गरे । व्यवस्थापकीय सुधार गरेकै कारण सेवाग्राहीहरुको संख्या बृद्धि भएको ढकालको भनाइ छ ।
उनले हाल औषधालय परिसरमा १८ करोड ३२ लाखमा १५ शैयाको अस्पताल र तीन करोड ३३ लाखमा औषधी निर्माण प्रयोगशाला भवन निर्माण हुन लागेको जानकारी दिए । आर्युेवेद उपचार पद्धती प्रति नागरिकहरुको विश्वास कायम राख्दै सुविधा सम्पन्न अस्पताल र अस्पताल भित्रै फार्मेसी सञ्चालन गर्न अब आउने समितिले ध्यान दिनुपर्ने ढकालले सुझाव दिएका छन् । औषधालयले कोभिड १९ को दोस्रो लहरका बेलामा आइसोलेशन कक्ष सञ्चालनगरी योग, ब्याम र प्राकृतिक उपचार पद्धतीबाट कोरोना संक्रमितहरुको उपचार गरेको थियो । जसले गर्दा आयुर्वेद पद्धती प्रति नागरिकको आबर्षण थप बढेको छ ।