सुर्खेत, २५ साउन (जागरण) । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेश सरकारले सञ्चारमैत्री कानुन ल्याउने बताउनुभएको छ ।
आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्चारसँग सम्बन्धित कानुनहरु ल्याउँदा सञ्चार मैत्री बनाइने प्रतिवद्धता जनाउनुभयो ।
विषय विज्ञ, सञ्चारकर्मी तथा सञ्चारसँग सम्वद्ध पक्षहरुसँग छलफल गरेर मात्रै कानुन ल्याइने मन्त्री नेपालीले बताउनुभयो ।
उहाँले अहिले प्रदेश सरकार सञ्चारसँग सम्बन्धित ऐन कानुनहरु बनाउन लागेको बताउँदै पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गर्नुभयो ।
प्रसारण ऐन संशोधनको तयारी भइरहेको, आमसञ्चार प्रतिष्ठान विधेयक संसदमा दर्ता भएको, लोक कल्याणकारी विज्ञापन नीतिको कार्यविधि बनाउने तयारीमा प्रदेश सरकार रहेको मन्त्री नेपालीले जानकारी दिनुभयो ।