एउटा अण्डाको ५० पैसा अनुदान

सुर्खेत, २६ सायन (जागरण) । सल्यानको त्रिवेणी गाउँपालिकाले युवाहरुलाई कृषिमा आकर्षित गर्न विभिन्न अनुदानका कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाका अनुसार वेरोजागार बसेका युवाहरुको लागि अण्डामा समेत अनुदान ल्याएको हो ।
व्यवसायिकतामा लागेका युवाहरुले उत्पादन गरेको एउटा अण्डामा ५० पैसा अनुदानको व्यवस्था गरिएको छ भने एउटा खसी उत्पादन गर्नेलाई पाँच सय रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ ।
त्यसैगरी भैसी पालन गर्नेलाई ५० हजार, तरकारी, फलपुल खेतीगर्नेलाई पनि अनुदानका कार्यक्रम रहेको गाउँपालिका जनाएको छ ।
गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले कृषिमा युवाहरुलाई आकर्षित गर्न विभिन्न अनुदानका कार्यक्रम ल्याइउको कर्णाली रैबारलाईसँग बताउनुभयो । विगतमा गाउँपालिकामा दुध बाहिरबाट आयत हुने गरेकोमा अहिले निर्यात बढेको भन्दै पालिकाका युवाहरुलाई उत्पादनमा जोडिएको बताउनुभयो ।
गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रको लागि मात्रै करिब २ करोडभन्दा धेरै रकम विनियोजन गरेको छ ।