स्याकको २७ औं स्थापना दिवसः सडकमा यात्रा गर्नेलाई मास्क वितरण

सुर्खेत, २६ साउन (जागरण) । समाज जागरण केन्द्र (स्याक) नेपालले आफ्नो २७ औ स्थापना दिवसको अवसरमा सडकमा मास्क नलगाएर हिडेका व्यक्तीहरुलाई मास्क वितरण गरेको छ ।
स्थापना दिवसको अवसरमा आज मास्क नलगाएर यात्रा गरिरहेका व्यक्तीहरुलाई मास्क वितरण गरेको हो ।
कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड पालनामा स्थानीयवासीले लापरबाही गरेपछि प्रहरीले संचालन गरेको ‘तपाईंको मास्क खै ?’ अभियानलाई समेत सघाउ पुग्नेगरी (स्याक) नेपालले मास्क वितरण गरेको हो ।
सुर्खेतमा अहिले प्रहरीले तपाईँको मास्क खै ? अभियान संचालन गरिरहेको छ ।
पछिल्लो समय स्वास्थ्य मापदण्डमा हेलचेक्य्राइँ बढेको र संक्रमण दर पनि उकालो लागेको भन्दै तपाइँको मास्क खोई अभियानलाई सघाउ पुग्नेगरी ट्राफिक प्रहरीको साझेदारीमा मास्क वितरण गरिएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।
वीरेन्द्रनगर १२ तिनकुने चोक आसपासमा सवारी साधनका चालक, सहचालक तथा यात्रुहरुलाई मास्क वितरण गरिएकोे थियो ।
सडकमा हिड्ने अधिकांस नागरिकहरुले मास्कको प्रयोग नगर्ने गरेको पाइएको भन्दै संक्रमण जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह समेत गर्नुभएको छ ।
मास्क वितरण अभियानमा हातेमालो जागरण बहुउद्देश्यीय सहकारीका अध्यक्ष एवम स्याकका सल्लाहाकार पूर्ण प्रासद पौडेलसहित अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तस्बिरहरु