सुर्खेत, २९ साउन (जागरण) । विकासको मेरुदण्ड मानिएका युवाहरुको पक्षमा कर्णाली प्रदेश सरकारले उपयुक्त योजना तथा युवा नीति बनाउन ध्यान नदिएको पाइएको छ । प्रदेश सरकारले ल्याएका युवा लक्षित अधिकाँश कार्यक्रमहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन् ।
प्रदेश सरकारले अहिलेसम्म युवा नीति समेत बनाएको छैन । सरकाले प्रत्येक बर्ष ल्याउने नीति तथा कार्यक्रममा युवा स्वरोजगार लक्षित नारा दिइएको हुन्छ । तर, ती कार्यक्रहरु पनि आवश्यक कार्यविधि र अस्पष्ट निर्णयका कारण युवाहरुको पहुँचमा पुग्न नसकेका हुन् ।
प्रदेश सरकारले विभिन्ननामका रोजगार मूलक कार्यक्रम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा कर्णालीमा बेरोजगारको अबस्था उस्तै छ । यहाँका अधिकाँश युवाहरु मौसरी रोजगारीका लागि कालापहाडल जानुपर्ने अबस्थामा अझै पनि कमी आउन सकिरहेको छैन् ।
प्रदेश सरकारले हजारौँ युवाहरुलाई रोजगारी दिने उद्देश्यले अर्बौँ रकम खर्चिएको मुख्यमन्त्री रोजगार कार्यक्रममा समेत सबैले अवसर पाएका छैनन् । यो कार्यक्रमबाट प्रदेशमा कतिजनाले रोजगारी पाए भन्ने तथ्याङ्क प्रदेश सरकार स्वयंम सँग नै छैन् ।
५१ प्रतिशत बहुआयामिक गरिबीको रेखामुनी रहेको कर्णाालीमा मुख्य समस्या रोजगारी नै हो ।
प्रदेश सरकारले यसअघिका बर्ष जस्तै चालु आर्थिक बर्षमा थुप्रै युवा लक्षित कार्यक्रमहरु ल्याएको छ। प्रदेश सरकारको नीति तथा कार्यक्रमा हेर्दा मुख्यमन्त्री रोजगार कार्यक्रम, पशुपालनका क्षेत्रमा आकर्षित गर्ने र उद्योग व्यवसायबाट रोजगारीमा जोड्ने खालका कार्यक्रमहरु रहेका छन् ।
चालु आर्थिक बर्षमा कृषि प्राविधिकहरुलाई कृषि व्यवसायमा आकर्षित गर्न तथा कृषकको घरदैलोमा प्राविधिक पुर्याउन कृषि प्राविधिक स्वरोजगार कार्यक्रमबाट प्रदेशका ३ सय जनालाई रोजगार बनाउने उद्देय रहेको देखिन्छ ।
यस्तै उद्यमशिलता र सीप विकासको कार्याक्रमलाई व्यवहारीक बनाई सञ्चालन गर्न सीपसँग सहयोग कार्यक्रमहरु पनि ल्याएको देखिन्छ । यद्यपि, यस्ता कार्यक्रम सञ्चालनका लागि आवाश्यक कार्यविधि, स्पष्ट बजेट नतोकिनुले युवाहरुको पहुँचमा पुगेको देखिदैन् ।
यता प्रदेशको सामाजिक विकास मन्त्रालयका उपसचिव÷ युवा तथा खेलुकुद महाशाखाका प्रमुख जवाहरला हमाल पनि युवामैत्री कार्यक्रम बनाउन नसकेको स्वीकार गर्नुहुन्छ ।
कर्णालीमा हरेक आर्थिक वर्ष स्थानीयतहरुले युवा लक्षित कार्यक्रममा ल्याउने गरेको छन् । तर यसको कार्यान्वयनको पाटो भने फितलो हुदा युवा भने स्वरोजगार हुन सकेका छैनन् ।
कर्णालीका स्थानीय सरकारले विकासमा युवालाई अनिवार्यसँगै, युवालाई उद्यमशील बनाउन युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम ल्याएका भएपनि युवाका लागि छुटयाइएको बजेट कोरोनाले गर्दा कार्यान्वयन गर्न नसकेको बताएका छन् ।
कालिकोटको खाँडाचक्र नगरपालिकाको गत वर्ष युवालक्षित कार्यक्रम अन्तर्गतको १५ लाख बजेट फ्रिज भएको छ । नगर प्रमुख जसी प्रसाद पाण्डेले लकडाउनले गर्दा ल्याएका कार्यक्रम कार्यान्वयन गर्न नसकिएको भन्दै यो वर्ष कार्यान्वयन गर्नेगरी युवाहरुका लागि सिपमूलक तालिम, अटो, ड्राभिङलगायतका तालिमबाट उनीलाई रोजगारी सिर्जना हुने खालका कार्यक्रम सञ्चालन गरेको कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
जुम्लाको तिला गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना गर्नको लागि गत वर्ष देखिनै अध्यक्षसँग युवा कार्यक्रम सञ्चालन गर्दै आएको छ । अहिले पालिका भित्रका ५ सय युवाहरुले फम भरेका छन् । गाउँपालिका अध्यक्ष रतन नाथ योगीले लकडाउनले गर्दा कार्यन्वयनमा केही समस्या आएपनि व्यावसाय गर्न चाहेर पनि लगानीको अभावले रोकीयका युवाहरुको लागि गाउँपालिकाले बैक मार्फत सौलियतपूर्ण कजा दिने व्यावस्था गरेको बताउनुभयो ।
..आवज… यस्तै, युवाको क्षमता विकासको लागि वेरोजगार युवाहरुलाई स्वारोजगार बनाउने उद्दश्यले कृषी उत्पादन, साना उद्योगलगायतका क्षेत्रमा जोड दिएका छन् । रुकुम पश्चिमको मुसिकोट नागरपालिकाले पनि श्रम जनशक्तिलाई गाउँमै उद्यमशीलताको अवसर र रोजगारी र्सिजना गर्ने विषयमा जोड दिएको जनाएको छ । नगर प्रमुख देविलाल गौतमले युवालाई पालिका भित्र हुने विकास निमार्ण काम देखि उद्यमशील बनाउन तथा साना व्यवसायी र आर्थिक उत्पादन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
दैलेखको भैरवी गाउँपालिकाले पालिकाबाट हुने सबै विकास निमार्णका कामदेखि स्वरोजगारमूखी कार्यक्रममा युवाहरुलाई आवद्ध गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले कृषी क्षेत्रमा पशुपालन फलफुल, तरकारी खेतीमा जोड दिएको बताउनुभयो ।