संसदीय समितिहरुका निर्देशन किन कार्यान्वयन हुँदैनन ?

सुर्खेत, ३० साउन (जागरण) । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले कर्णाली प्रदेश सरकारलाई दिइएका निर्देशनहरु कार्यान्वयन नहुने गरेको बताएको छ ।
पत्रकार सम्मेलन मार्फत समिति अध्यक्ष देवि ओलीले निर्देशनको ७० प्रतिशत मात्रै कार्यान्वयन गरेको जानकारी दिनुभएको हो । अन्य ३० प्रतिशत निर्देशनहरु सरकारले वेवास्था गरेको उहाको भनाई छ ।
उहाले कानून निर्माणसँगै समाजमा रहेका सीमान्तकृत वर्ग, दलित, जनजाती, उत्पिीडित समूदायको उत्थानका लागि सरकारलाई पाँच वर्षे कार्ययोजना तयार गरी लागु गर्न समेत निर्देशन दिएको बताउनुभयो ।
कम्तिमा कर्णालीका गरिब जनताको आयस्तरमा वृद्धि हुने र उनीहरु समाजमा स्थापित गर्न सकिने मुल कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिइएको उहाले बताउनुभयो । समितिका हालसम्म ९१ वटा वैठक बसेको छ ।