सुर्खेत, ३० साउन (जागरण) । समाज जागरण केन्द्र (स्याक) नेपालले सन २०२५ सम्म विभिन्न काम गर्ने रणनीति तय गरेको छ ।
संस्थाको २७ औँ स्थापना दिवस तथा २६ औँ बार्षिक साधरण सभाको अवसरमा शुक्रबार यस्तो रणनीति सार्बजनिक गरेको हो ।
जसअन्तरगत ३० वटा वडालाई पूर्ण सरसफाइ वडाका रुपमा घोषणा गरिने छ भने १८ वटा वडाहरुलाई पोषणयुक्त वडाका रुपमा घोषणा गरिनेछ ।
त्यसैगरी, १० वटा स्वास्थ्य संस्थाहरुलाई पूर्ण खोप र पूर्ण संस्थागत सुत्केरी सेवाप्रदायक संस्थाका रुपमा घोषणा गर्ने, २०० वटा विद्यालयका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा प्राप्त गराइने र उनीहरुको सिकाइ उपलब्धीमा व्यापक सुधार बनाउने रणनीतिमा समेटिएको छ ।
यसैगरी, ६०० जना युवाहरुले आफ्नो जीवनवृत्ती विकास योजनाको लक्ष्य प्राप्त गराउने भनिएको छ । महिला र किशोकिशोरीहरुको नेतृत्वमा २० वटा समुदायलाई नमुना समुदायको रुपमा स्थापना तथा विकास गर्ने लगायतका विभिन्न रणनीति बनाइएको छ ।
अन्धकारलाई सराप्नु भन्दा एउटा बत्ती बाल्नु बेश भन्ने मुल नारा सहित ०५२ सालमा स्थापना भएको संंस्थाले अहिले सम्म महिला बालबालिका र किशोरकिशोरीहरुको गुणस्तरिय जीवनका लागि सक्षम र समृद्ध समाज निर्माणका योगदान पु¥याउँदै आएको छ ।
संस्थाले गत आर्थिक बर्षमा स्वास्थ्य शिक्षा जिविकाेपार्जन संरक्षण जलवायु परिवर्तन, विपद व्यवस्थापन र मानवीय सहायताका क्षेत्रमा विभिन्न उपलब्ध गरेकाे उल्लेख गरेकाे छ ।
सुनाैला हजार दिनका आमा र बच्चाकाे पाेषण सुधार
कोभिड–१९ का कारण भएको बन्दाबन्दीको अवधीमा गरिएको परामर्शबाट १२५६ जना नयाँ हजार दिनका आमाहरुको पहिचान भई १४५३ गर्भवती र ४८५३ जना २ वर्षमूनिका बच्चाका आमाहरु गरी जम्मा ६३०६ जना हजार दिनका आमाहरुलाई पोषण, स्वास्थ्य र सरसफाई तथा कोरोना भाइरसबाट बच्ने, सुरक्षित हुने र सावधानी अपनाउने जस्ता विषयमा परामर्श गरिएको छ ।
समुहमा आबद्ध भएका सहभागीहरुले किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी छलफल सत्रमा छलफल भएका विषयहरु आफ्नो जीवनमा मेल खाने भएकाले महिनावारी ९४%, अभिभावकहरुमा हुनुपर्ने सीपहरु ९३% ,वैवााहिक सम्बन्धहरु ९३%, गर्भवती र प्रसुती बेलाको हेरचाह ९२%, परिवार नियोजन ९१% र वित्तीय शिक्षा ८६% ले मन पराई व्यवहारमा लागु गर्दै आएका छन ।
गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाका सबै वडाहरुमा लक्षित उमेर समुहका युवतीहरुको ९० वटा युवती महिला समुह (विवाहित ६० र अविवाहित ३०) गठन भई १६७३ जना युवतीहरुको प्रत्यक्ष सहभागिता रहेको थियो । जसमा ८० प्रतिशत भन्दा बढी सहभागीहरुको प्रत्यक्ष तथा नियमित सहभागिता भई प्रजनन, मातृ तथा नवशिशु स्वास्थ्यको ज्ञानमा १५.५% बाट १९.७% मा बृद्धि भएको छ ।
मध्य पाखुराको नाप बाट पहिचान भएका मध्यम कुपोषित बच्चाका घरहरुमध्ये ३२ वटा घरहरुमा व्यवहार परिवर्तनमा सहयोग पु¥याउन एवम् कुपोषित बच्चालाई सुपोषित बनाउन सहयोग गर्नका लागि घरमै पुगेर पोषिलो जाउलो तथा लिटो बनाउन, अन्य व्यवहार परिवर्तनमा गरिएको परामर्शबाट आमा र बच्चाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार हुनुका साथै बच्चाहरु सुपोषित भएका छन ।
स्वास्थ्य संस्थाका ६ जनाले दक्ष प्रसुतीकर्मी, १७ जनाले किशोरी प्रजनन तथा यौन स्वास्थ्य, ८ जनाले , ४ जनाले , १९ जनाले म्ज्क्ष्क्द्द र भेरीगंगामा २१ जना महिला स्वास्थ्य स्वयम्सेविकाले आधारभूत तालिम प्राप्त गरी गुणस्तरीय सेवाप्रवाह गरिरहेका छन् ।
कोसेली भेट तथा आमा सम्मान कार्यक्रमको प्रभावकारितालाई आत्मसाथ गर्दै स्थानीय सरकारहरुले सुनौला हजार दिनका आमाहरुको पोषण अवस्थामा सुधार ल्याउने लक्ष्यका साथ सिम्ता गाँउपालिकाले २१८ जना, लेकवेशी नगरपालिकाले १२४ जना, पञ्चपुरी नगरपालिका वडा नं. ५ ले १८५ जना, भेरीगङ्गा नगरपालिका वडा नं. १० ले ८८ जना, वीरेन्द्रनगर नगरपालिका वडा नं. २, ५, ७, १३, र १६ ले ६०१ जना गरी जम्मा ९५३ (जम्मा ६३०६ सुनौला हजार दिनका आमाहरुमध्ये १५ प्रतिशत) जना सुनौलो हजार दिनको आमाहरुलाई पोषिलो खानासहितको उपाध्यक्ष तथा उपमेयर कोशेली भेट÷आमा सम्मान कार्य सम्पन्न गरिएको छ ।
सुर्खेत जिल्लामा भएका सबै स्वास्थ्य आमा समुह (जम्मा ९८७) मध्ये ३४० वटा (३४ प्रतिशत) समुहले आफ्नै पहल र लगानीमा सुनौंला हजार दिनका आमाहरुका लागि पोषणयुक्त कोसेली भेट तथा आमा सम्मान कार्यक्रमलाई नियमितता दिदैं सुनौंला हजार दिनका आमा र बच्चाको पोषण अवस्थामा सुधार गर्न सहयोग गरेका छन ।
लेकवेशी नगरपालिका वडा नं. २ मा रहेका सम्पूर्ण ५०४ घरधुरीसहित सार्वजनिक स्थानहरुमा पूर्ण सरसफाइका सूचकहरु पूरा गरी उक्त वडालार्ई सफा तथा स्वच्छ नमुना वडाको रुपमा घोषणा गरेका छन ।
यस वर्ष सम्पन्न भएका ६ वटा खानेपानी तथा सरसफाई योजनाका कुल १०५१ घरधुरी र ८ वटा सार्वजनिक स्थानहरुले व्यक्तिगत रुपमा एक घर एक धारासहितको सफा र सुरक्षित खानेपानी प्राप्त गर्नुका साथै ती योजना क्षेहरुमा पूर्ण सरसफाइका सूचकहरु पुरा भएका छन ।
किशोरीहरुलाई जीवन उपयोगी सीप
१६ संवाद केन्द्रका ४५२ जना किशोरीहरुमध्ये ३६६ जना (८१ प्रतिशात) किशोरीहरुले १० वटा महत्वपूर्ण जीवन उपयोगी सिप र ३२० जना (७१ प्रतिशत) किशोरीहरुले आफनो जीवनको लक्ष्य प्राप्त गर्नका लागि ५ वर्षीय जीवनवृत्ती विकास योजना तयार गरी कार्यान्वयन गरिरहेका छन् ।
१४ वटा संवाद केन्द्रका किशोरीहरुबाट बालबगैंचा (मुना) का ५०५ जना साना बालबालिकाहरुलाई स्वास्थ्य, सरसफाई, सम्मानजनक बोलीव्यवहार, ठूलालाई आदरसम्मान, सानालाई माया, स्वागत अभिवादन, सामाजिकिकरण, पढाइलेखाइ, नाच, गीत, कविता, अभिनय, खेल, चित्रकला, व्यवहारिक सिपका लागि स्थानीय भ्रमण लगायतका माध्यमबाट असल व्यवहारहरु सिकेर व्यवहारमा प्रयोग गरिरहेका छन ।
माध्यामिक विद्यालयका ४७ जना शिक्षकहरुलाई यौन तथ प्रजनन स्वास्थ्य र प्रगती खेल सम्बन्धी अभिमुखीकरण गरेपश्चात बिद्यालयमा किशोरका लागि पुरुष शिक्षक र किशोरीका लागि महिला शिक्षक सम्पर्क व्यक्ति तोकी बालबालिकाहरुलाई प्रगती खेल खेलाउने गरेका छन । साथै ३ वटा बिद्यालयहरु (आनन्द मा.बि. गुमी, कालिका मा.बि. धारापानी र नेपाल राष्ट्रिय मा.बि. मैनतडा) मा किशोरकिशोरीमैत्री सूचना कक्ष तयार गरी सेवा दिइरहेका छन । यसका साथै प्रगती खेललाई विद्यालयको वार्षिक योजनामा समेत राख्ने सहमती भएको छ ।
कर्णाली प्रदेशको शिक्षा नीति तथा १० वर्षे शिक्षा योजना तयार गर्न सहकार्य तथा योगदान गरिएको छ ।
राेजगारी सिर्जनादेखि सामुदायिक पूर्वाधार निर्माण
वीरेन्द्रनगर नगरपालिकासंगको लागत सहभागितामा सञ्चालित कृषि तथा अन्यसंग सम्बन्धित साुमदायिक पूर्वाधार निर्माणका क्रममा कोभिड–१९ का कारणले रोजगारी गुमाएका मध्ये ६०७ जनाले (जम्मा ९६९४ दिन) रोजगारी प्राप्त गरी उनीहरुको जिविकोपार्जनमा सहयोग पुगेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. २ मा १ वटा, वडा नं. ७ मा १ वटा, वडा नं. १२ मा १ वटा र १३ मा ६ वटा सिचाईं कूलो निर्माण तथा स्तरोन्नती भई १०८ विगाहा क्षेत्रफल जमीनमा थप सिचार्इं सुविधा पुगेको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. २ मा ससेज उद्योग, चाउमीन उद्योग, मसला उद्योग, वडा नं. ४ मा वेतवाँस उद्योग, दुनाटपरी उद्योग, वडा नं. ७ मा झोला र मास्क उद्योग, वडानं. १२ मा झोला उद्योग, स्यानीटरी प्याड उद्योग र वडा नं. १३ मा मसला उद्योग गरी जम्मा ९ वटा उद्योगहरु महिलाहरुको अगुवाइमा स्थापना, सीप विकास, सामग्री सहयोग भई उद्योगहरु सञ्चालन भइरहेका छन् । जसबाट ८७९जना (४५९ जना महिला) ले रोजगारी प्राप्त गरी आयआर्जन गरिरहेका छन् ।
सुनौला हजार दिनका आमा, पुरक खाना आवश्यक पर्ने २ वर्ष मुनिका बच्चा तथा कुपोषित बच्चाले प्रयोग गरी उनीहरुको पोषण र स्वास्थ्य अवस्थामा सुधार गर्न सहयोग पु¥याउने तथा आफ्नो स्वास्थ्य आमा समुहका सदस्यहरुको आम्दानी बृद्धि गर्नका लागि २ वटा स्वास्थ्य आमा समुहले ४३ क्वीन्टल भन्दा बढी सर्वोतम पिठो उत्पादन गरी बिक्री गरेर रु. ८ लाख ६० हजार आम्दानी गरेका छन ।
वकालत तथा पैरवी
मानव अधिकारसहित विभिन्न अधिकार र संरक्षणका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकारको प्राथमिकतामा परेका विभिन्न अभियानहरु समन्वय, सहकार्य र साझेदारीमा सञ्चालन गरिएको छ । साथै मानव अधिकार सहित विभिन्न अधिकारको सुनिश्चितता गर्न तथा उल्लंघनका घटनामा सरोकारवालालाई जवाफदेही बनाउन विभिन्न विषयगत सञ्जालहरुसंगको सहकार्यमा वकालत तथा पैरवी गरिएको छ ।
बच्चाको पोषण अवस्था पहिचानका लागि १९०८ जना बालबालिकाहरुमा गरिएको मध्य पाखुराको नाप बाट पहिचान भएका ६६ जना मध्यम कुपोषित र १३ जना शिघ्र कुपोषित बच्चाहरुलाई निरन्तरको परामर्श एवम् सहयोगपश्चात मध्यम कुपोषित बच्चाहरुलाई घरमा नै विभिन्न पोषणयुक्त खानपान र व्यवहारमा गरिएको परिवर्तन तथा ९ जना शिघ्र कुपोषित बच्चाहरुलाई पोषण पुनःस्थापना गृहमा राखी खानपान, व्यवहार तथा उपचारपश्चात सुधार भई सुपोषित भएका छन भने वाकी ४ जनाको पोषण पुनःस्थापना गृहमा उपचार भइरहेको छ ।
गुर्भाकोट नगरपालिकालाई बालविवाह (कम उमेरमा हुने विवाह) अन्त्य गर्नका लागि रणनीतिक योजना निर्माणमा अािर्थक तथा प्राविधिक सहयोग गरिएको छ । उक्त रणनीतिक योजना गुर्भाकोट नगरपालिकाको नगरसभाबाट समेत स्वीकृत भई कार्यान्वयन भइरहेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण र अधिकारका लागि भएको क्षमता विकास तालिममा तयार गरिएको कार्ययोजना अनुसार पालिकास्तरीय अपाङ्गता समन्वय समितिले कार्यक्रम सञ्चालन गर्नका लागि गाँउपालिकामा कार्यक्रम माग गरेकामा गाउँपालिकाको आ.व.२०७८÷०७९ को गाउँसभाबाट रु. ३ लाख वजेट विनियोजन भएको छ ।
चौकुने गाँउपालिका अन्तर्गत १३ जना अपाङ्गता भएका व्यक्ति तथा १६ जना एकल महिलाहरु सहित जम्मा ६१ जनाले व्यवसायिक योजना बनाई आयआर्जनक विभिन्न क्रियाकलापहरु संचालन गरिरहेकाछन् ।
स्वास्थ्य, सुरक्षा, सरसफाइका सामग्री सहयोग
कोभिड–१९ बाट बच्न हात धुने वानीको विकास गर्न भेरीगङ्गा नगरपालिकाका ५ स्थान, गुर्भाकोट नगरपालिकाका ७ स्थान,वीरेन्द्रनगर नगरपालिकाका ३३ स्थान, लेकवेशी नगरपालिकाका ३९ स्थान, सिम्ता गाउंपालिकाका ३५ स्थान र चिङ्गाड गाउंपालिकाका २ स्थान गरी जम्मा १२१ विभिन्न सार्वजनिक स्थानमा बालमैत्री एवम् खुट्टाको सहायताले पानी उपलब्ध गरी हात धुन मिल्ने २ वटा वेशिनसहितको हात धुने स्थान सहयोग गरिएको छ । जसबाट ती सार्वजनिक स्थानहरुमा सेवा लिन आउने सेवाग्राहीहरुले लाभ लिइरहेकाछन् ।
कोभिड–१९ का कारण भएको बन्दाबन्दीको अवधीमा गरिएको परामर्शबाट १२५६ जना नयाँ हजार दिनका आमाहरुको पहिचान भई १४५३ गर्भवती र ४८५३ जना २ वर्षमूनिका बच्चाका आमाहरु गरी जम्मा ६३०६ जना साथै प्रत्यक्ष घरभेटबाट नयां ५७०८ जना गरी जम्मा १२०१४ जना सुनौला हजार दिनका आमाहरुलाई पोषण, स्वास्थ्य र सरसफाई तथा कोरोना भाइरसबाट बच्ने, सुरक्षित हुने र सावधानी अपनाउने जस्ता विषयमा परामर्श गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ स्थित खोर्के खोलामा ११६ मीटर लामो रिटेनिङ पर्खाल निर्माण भई स्थानीय रोजगार सिर्जनाहुनुका साथै नदी कटान रोकथाममा सहयोग पुगेको छ ।
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लक्षित परिवार, समुदाय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, वडा, पालिका, जिल्ला तथा प्रदेश स्तरमा गरी जम्मा ४७ लाख ४८ हजार ९ सय ९० रुपैंया बराबरको विभिन्न स्वास्थ्य, सुरक्षा, सरसफाइका सामग्री सहयोग र मानव संसाधन परिचालनमा सहयोग गरिएको छ ।