सुर्खेत, ३० साउन (जागरण) । कर्णाली प्रदेशमा थप एक सय १५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
एक सय ३६ जनामा आरटी–पीसिआर विधिबाट परिक्षण गर्दा ७० जना र २ सय २१ जनामा एन्टिजेन विधिबाट परिक्षण गर्दा ४५ जना गरि एक सय १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
आज सबैभन्दा धेरे सुर्खेत जिल्लाका ३६ जनामा कालिकोटमा २५, रुकुमपश्चिमका १९, जुम्लाका १५, जाजरकोटका १२, दैलेखका ५ र मुगुका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ ।
अहिलेसम्म कर्णालीमा ३१ हजार ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस्तै थप ८५ जना कोरोना मुक्त भएका छन । यो सँगै प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २९ हजार १ सय ७ पुगेको छ । अहिले प्रदेशभर ९ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।