काबुल प्रवेश ग¥यो तालिबान

काठमाण्डौ, ३१ साउन (जागरण) । तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । तालिबानहरू काबुल प्रवेश गरिरहेका बीबीसीले जनाएको छ ।
उनीहरू सबै क्षेत्रबाट प्रवेश गरिरहेका रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । अफगानिस्तानका प्रमुख सहर नियन्त्रणमा लिँदै हिँडिरहेको तालिबान अहिले राजधानी काबुल प्रवेश गर्न थालेको हो ।
तालिबान विद्रोही समूह राजधानी काबुल प्रवेश गर्न थालेको समाचारहरू आइरहँदा भने अफगान राष्ट्रपतिको आधिकारिक ट्विटर एकाउन्टमा भने त्यहाँका बासिन्दाहरूलाई नआत्तिन आश्वासन दिइएको छ ।
‘काबुलमा छिटपुट गोली प्रहार भएको छ, काबुलमा अहिलेसम्म आक्रमण भइसकेको छैन । सहरको सुरक्षा सुनिश्चित गर्नका लागि देशको सुरक्षा बल अन्तर्राष्ट्रिय सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ’, पाश्तोको एक पोस्टमा भनिएको छ ।
एकदिन अघि मात्र तालिबानले अफगानिस्तानको पूर्वमा रहेको महत्त्वपूर्ण सहर जलालाबाद विना कुनै सङ्घर्ष नियन्त्रणमा लिएको थियो । यो सहर काबुलबाट मात्र केही घण्टाको दुरीमा छ ।
तालिबानले आफ्ना लडाकुलाई हिंसा नगर्न र राजधानी छोडेर जान चाहनेलाई शान्तिपूर्वक जान दिन भनेको छ ।
यसअघि तालिवानले कावुल बाहेकका सबै ठुला शहरहरु आफ्नो कब्जामा लिएको छ ।

एजेन्सीको सहयोगमा