डाँडा स्कुलले दियो शिक्षक कर्मचारीहरुलाई ल्याप्टप

सुर्खेत, ३१ साउन (जागरण) । सुर्खेतको वीरेन्द्रनगर –६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कूलले बिद्यालयका सम्पूर्ण शिक्षक, कर्मचारीलाई ल्यापटप र झोला वितरण गरेको छ ।
विद्यालयले शैक्षिक बिकासका लागि एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्र्तगत बिद्यालयका शिक्षककर्मचारीलाई ल्यापटप झोला, कलम र डायरी वितरण गरेको हो ।
स्मार्ट वार्ड तथा इन्ट्रयाक्टिभ वोर्डको प्रयोग गरी पठनपाठन भएकाले प्रत्येक शिक्षकको हातमा ल्याप्टप आवश्यक रहेकाले एक शिक्षक एक ल्यापटप कार्यक्रमको अवधारण अगाडि बढाइएको विद्यालयका प्रध्यानध्यापक गणेश कुमार न्यौपानेले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
उहाँका अनूसार एउटा ल्याप्टपमा २० हजार विद्यालयले अनुदान दिएको थियो भने बाँकी रकम शिक्षकहरु आफैले बेहोरेका थिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधिका थापाको अध्यक्षता भएको कार्यक्रममा उक्त सामानहरु वितरण गरिएको हो ।
व्यवस्थापन समितिका अध्यक्ष थापाले यो कार्यक्रमबाट शिक्षक र बिद्यालयको शैक्षिक उपलब्धिमा धेरै सहयोग पुग्ने बताउनुभयो ।
एक देखि १२ सम्म पठनपाठन गाराउदै आएको विद्यालयले हाल सिटिभिटिका तिन वर्षे डिप्लोमा इन कम्पयूटर इन्जीनियरिङ्ग, विषयको समेत पठनपाठन भइरहेको विद्यालय स्रोतले जनाएको छ ।