डोल्पाका विद्यालयलाई शैक्षिक व्यवस्थापन प्रणाली र विद्यालय सुधार योजना सम्बन्धी तालिम

सुर्खेत, ३१ साउन ।
डोल्पा जिल्लाका त्रिपुरा सुन्दुरी नगरपालिका र ठूली भेरी नगरपालिकाका विद्यालयहरुलाई एकिकृत शैक्षिक ब्यवस्थापन सूचना प्रणाली सम्बन्धी र विद्यालय सुधार योजना निर्माण सम्बन्धी छुट्टा छुट्टै तालिम दिइएको छ ।
सम्बन्धित पालिकाको आयोजना युरोपीयन युनीयन र प्लान इन्टरनेशनल नेपालको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालको सहजीकरणमा उक्त तालिमको दिइएको हो ।

त्रिपुरा सुन्दरीका १६ विद्यालय र ठूलीभेरी नगरपालिकाका ११ विद्यालयका प्रतिनिधिहरुलाई एकिकृत शैक्षिक ब्यवस्थापन र विधालय सुधार योजनासम्बन्धी तालिम दिइएको छ । तालिममा सम्बन्धित पालिकाका जनप्रतिनिधि, शिक्षा शाखा प्रमुख, व्यवस्थापन समिति, प्राधानाध्यापक, शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विद्यालयको गुणस्तर सुधारका लागि महत्वपूर्ण मानिएका उक्त तालिमको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका बलबीर सुनार लगायतले सहजीकरण गर्नुभएको थियो ।
डोल्पाको ठूली भेरी नगरपालिका त्रिपुरा सुन्दरी नगरपालिका, काइके, डोल्पोबुद्ध, छार्कताङ र शे–फोक्सुण्डो गाउँपालिकाका विद्यालयहरुको गुणस्तर सुधार गर्नका लागि स्याक नेपालले काम गरिरहेको कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।