फागुनसम्म योजना तथा कार्यक्रम सम्पन्न गर्ने वीरेन्द्रनगरको तयारी

सुर्खेत, १ भदौ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक बर्षका योजना तथा कार्यक्रम फागुन महिनाभित्रै गरिसक्ने योजना बनाएको छ । त्यसका लागि मंगलबार (भदौ १ गते)देखिनै नगरपालिकले कार्य प्रारम्भ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिको योजना अनुगमन तथा जाँचपास समितिले वडाअध्यक्ष, प्राविधिक, र वडा सचिवहरुसँग वृहत छलफल समेत गरेको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाले जानकारी दिनुभयो । ‘पुर्वाधार र सामाजिक क्षेत्रका सम्पुर्ण कामहरु फागुन मसान्तमा गरिसक्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौँ’ उपप्रमुख ढकालले भन्नुभयो,‘त्यसका लागि भदौ मसान्तसम्म विभिन्न पुर्वाधारतर्फमा योजनाहरुको स्टमेट तयार गरि सक्ने लक्ष्य छ । त्यसपछि उपभोक्ता समितिबाट निर्माण हुने योजनाको उपभोक्ता समिति गठन गर्ने र टेण्डर आह्वान टेण्डर गरिनेछ ।’ असोज १ गतेदेखि पुर्वाधारतर्फका सबै कामहरुको शुरु गर्ने र अरु सामाजिक क्षेत्रको कामपनि कार्तिक देखि पुष महिनासम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको ढकालले बताउनुभयो ।
त्यसका लागि जनप्रतिनिधि र कर्मचारीहले प्रविद्धता समेत जनाईसकेका छन् । यो बर्ष पनि कोरोना भाइरस (कोभिड–१९) का कारण योजनाहरु प्रभावित नहुँन र योजना कार्यान्वयनमा ढिलाई नहोस भनेर यस्तो निर्णय गरिएको ढकालको भनाइ छ । वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक बर्षका लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रहेको छ।