सुर्खेत, ३ भदौ ।
नेकपा एमाले कर्णाली प्रदेश कमिटीको बैठक बसेको छ ।
आज वीरेन्द्रनगरमा बसेको बठकले विभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । समसामयिक राजनीतिक परीस्थीतीको गम्भीरतापूर्वक समीक्षा गर्दै साङ्गठनीक ,जनसरोकार, सार्बजनिक महत्त्वका विषयमा निर्णय गर्दै बैठक सकिएको प्रदेश कमिटि सदस्य कुलमणि देवकोटाले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला अध्यक्षहरुले जिल्लामा पार्टीको पछिल्लो स्थितिबारे रिपोर्टिङ गरेका छन् । पार्टीको पहिलो बैठकमा रुकुम पश्चिम र जुम्लाबाहेक अन्य जिल्लामा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँग भएको नेताहरुले रिपोर्टिङ गरेका छन् ।
बैठकमा एमालेका नेताहरुले पार्टीलाई स्थानीय तहसम्म जागरण अभियान चलाउनुपर्ने धारणा राखेका छन् ।
नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज यामलाल कंडेलले बैठकमा पार्टीमा सबैको योगदा रहेको भन्दै एकतावद्ध हुन आग्रह गर्नुभएको थियो ।
बैठकले पार्टीमा महत्वपूर्ण योगदान गरेकालाई कमिटीमा मनोनित गरेर अघि बढ्ने निर्णय गरेको जनाइएको छ । बैठकका निर्णय भने आधिकारिक रुपमा निर्णय गरेर भोली सार्वजनिक गर्ने एमालले जनाएको छ ।