सुर्खेत, ४ भदौ (जागरण) । कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सिताकुमारी नेपाललीले कर्मचारीहरुसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी कर्मचारीलाई काम गर्न निर्देशन दिदै मन्त्री नेपालीले कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।
आज मन्त्रालयमा मन्त्री नेपाललीले कार्यसम्पादन सम्झौता पत्र मन्त्रालयका सचिव पुण्यविक्रम पौडेललाई हस्तान्त्रण गर्नुभएको हो ।
सम्झौता अनुसार मन्त्रालय मातहतका कार्यालयमा कार्यरत कर्मचारीलाई समयमै योजनाका कामहरु सम्पन्न गर्नुपर्नेछ ।
गत बर्ष पनि यस्तै सम्झौता भएको थियो । तर कार्यान्वयन भने हुन सकेको थिएन । चालु आर्थिक वर्षमा असार महिना अघि नै सबै योजना सम्पन्न हुनेगरी काम गर्ने सम्झौता भएको मन्त्री नेपालीको भनाइ छ ।