छिन्चु–जाजरकोट सडक अन्तर्गत पासागाड खोलाको पुल आठ वर्षदेखि अलपत्र

कालि बहादुर नेपाली ।
जाजरकोट, ४ भदौ (जागरण) । सुर्खेतको छिन्चु–जाजरकोट सडक अन्तर्गत पासागाड खोलाको पुल आठ वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।
सडक विभाग र आईएमईआरसी कन्सल्टेन्सी, ललितपुरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाड बाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् ।
सदरमुकाम खलंगासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्ला भरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको छ ।
पुल नहुँदा वर्षेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । ३ करोड लागतको पुल निर्माणका लागि आठ वर्षअघि लुम्बिनी÷ आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थियो ।
अख्तियारी नहुँदा कम्पनीलाई कारबाही गर्न नसकिएको सडक डिभिजन कार्यालय जाजरकोटको भनाई छ ।