माधव नेपाल समूहको पार्टीको नाम परिवर्तन हुने

काठमाण्डौ, ४ भदौ (जागरण) । माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले ९समाजवादी० को नाम फेरिने भएको छ । आज नेकपा एकीकृत समाजवादी नाम राख्न निवेदन दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० राखेर निवेदन दर्ता भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले फरक नाम प्रस्ताव गरेको हो ।
एमालेबाट फुटेको नेता नेपाल समूहले गएको बुधवार नेकपा एमाले ९समाजवादी० दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । यसअघि नेकपा एमालेले आफ्नो नामसँग मिल्ने गरी दल दर्ता नगर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।
नेता नेपाल समूहले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निवेदन दिएपछि एमाले नेताहरू आयोग पुगेका थिए । नियमावली र ऐनअनुसार पार्टीको नाम, झण्डा र चुनाव चिह्न दोहोरिएर राख्न नमिल्ने व्यवस्था छ ।