सुर्खेत, १० भदौ (जागरण) । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संभावित तेस्रो लहरको महामारी प्रतिकार्यका लागि योजना बनाएको छ ।
तेस्रो लहरको संक्रमण फैलिन नदिनका लागि प्रदेशका मुख्य नाकामा परीक्षण गर्नेदेखि अस्पताल सञ्चालन गर्ने योजना बनाएको हो ।
कर्णली प्रदेश भित्रिने सल्यानको कपुरकोट तथा सुर्खेतको बबई र कुइने तीन वटै नाकामा प्रदेश सरकारले चेकजाँच र अस्पताल सञ्चालन गर्ने तयारी गरेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
तीज दशैं–तिहार लगाएतका चाडपर्वमा भारत गएका नागरिकहरु र्फकनेक्रम सुरु भएकाले सबै नागरिकहरुको सिमा नाकामै चेकजाँच गरेर मात्रै प्रदेश भित्रने व्यवस्था मिलाउने निर्देशक खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्ला अस्पताहरुको क्षमता बढाउन आईसीयू र भेन्टिलेटर थप गरिनेछ । हाल प्रदेशंग ८ सय अक्सिजन सिलिन्डर र ३ सय अक्सिजन कन्सनटे«टर रहेको छन् ।
प्रदेशभर अहिले ६ वटा अक्सिजन पलान्ट स्थापना भएका छन्, अरु तिन वटा ठुला अक्सिजन प्लान्ट निमार्ण गरिदैछ । निर्देशक खड्काले सबै जिल्लामा अझैपनि अक्सिजनका र भेन्टिलेटर चलाउन सक्ने जनशक्तिको अभाव रहेकाले त्यसको लागि तालिम दिने तयारी भइरहेको बताउनुभयो ।
सीमा नाकामा लापरबाही गरेकै कारण कोरोनाको दोस्रो लहरमा ठूलो क्षती बेहोर्नुपरेको निश्कर्ष निकाल्दै तेस्रो लहर रोक्न सिम्म नाकामा चेकजाँचलाई व्यवस्थित गर्ने योजना प्रदेश सरकाले बनाएको हो ।