भौतिक र अनलाइन दुबै माध्यमबाट परिक्षा लिन मध्यपश्चिम विश्वविद्यालय तयार

सुर्खेत, १० भदौ (जागरण) । मध्यपश्चिम विश्वविद्यालयले भौतिक उपस्थिति र अनलाइन दुबै माध्यमबाट परिक्षा लिन तयार रहेको भन्दै आन्दोलनरत विद्यार्थीहरुलाई सहमतीमा आउन आग्रह गरेको छ ।
विद्यार्थीहरुको मागलाई ध्यानमा राख्दै दुबै तरिकाले परिक्षा लिन आफुहरु तयार रहेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरेको हो ।
कर्णाली रैबारसँग आज कुराकानी गर्दै विश्वविद्यालयका उपकुलपती नन्द बहादुर सिंहले अनलाइन र भौतिक उपस्थिति दुबै माध्यमबाट विद्यार्थीहरुलाई रोज्न दिनेगरी आफुहरु परिक्षा लिन तयार रहेको बताउनुभयो । .
अधिकांस विद्यार्थीहरु भौतिक उपस्थितिमै परिक्षा दिन तयार रहेको भन्दै अन्य केही विद्यार्थीको मागको आधारमा अनलाइन र भौतिक उपस्थितिमा परिक्षा लिन सकिने बताएपनि आन्दोलनरत विद्यार्थीहरु अनलाइनमै परिक्षा हुनुपर्छ भनेर अड्डी कसेको बताउनुभयो ।
गत साल अनलाइन माध्यमबाटै परिक्षा लिएको भएपनि विश्वविद्यालयसँग टेक्नोलोजी अहिले नभएकाले गुणस्तरियता राम्रो नभएको बताउँदै अन्य विश्वविद्यालयहरुले पनि अनलाइन र भौतिक उपस्थिति दुबै माध्यम अबलम्बन गरेकाले आफुहरु पनि दुबै माध्यम अबलम्बन गर्न तयार भएपनि विद्यार्थीहरुले नमानेको बताउनुभयो ।
उहाका अनुसार अब हुने परिक्षामा विद्यार्थीहरुले अनलाइनबाट परिक्षा दिने की भौतिक उपस्थितिमा दिने रोज्न पाउने छन ।
यता, विद्यार्थी संगठनहरुले भने विश्वविद्यालयको यो प्रस्तावलाई स्वीकार गरेका छैनन । उनिहरुले पठनपाठनहरु अनलाइनमै भएकाले परिक्षा पनि अनलाइनमै हुनुपर्ने बताएका छन ।