विकास निर्माणमामा युवाहरुलाई परिचनाल गर्नुपर्नेमा जोड

जगत खत्री । 

सुर्खेत, १० भदौ (जागरण) । विकास निर्माणमामा युवाहरुलाई परिचनाल गनुपर्ने सरोकारवालाहरु बताएका छन ।
नेपाल युवा संस्था सन्जाल, आयोनले बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले स्थानिय तहको योजना प्रक्रियामा युवा सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिएका हुन ।
वीरेन्द्र नगरपालिका सुर्खेतका विभिन्न युवाहरुको सहभागीता रहेको कार्यक्रममा बोल्ने अधिकांसले युवाहरुबिना देशको विकास हुन नसक्ने बताएका छन ।
सम्बन्धित बिषयका बिज्ञ र नगरपालिकाका प्रतिनिधिको उपस्थितिमा भर्चुअल माध्यमबाट कार्यक्रम संचालन गरिएको थियो ।
युवाहरुको आवाज उठाउन र स्थानिय स्तरमा युवा परिचालन गर्नका लागि उनिहरुको सीप क्षमतालाई परिचालन गरि सिङ्गो नगरपालिकाको विकासमा लाग्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाका नगर उपप्रमुख मोहनमायाँ ढकालले युवाहरुका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले पनि युवा सवाललाई विशेष महत्व दिनुपर्नेमा जोड दिनुभयो ।
उहाले योजना प्रक्रिया सम्बन्धी नमुना कार्यबिधिलाई पालिकाले पास नगरेको र आफुमाझ यो कार्यक्रम आईसकेको भन्दै अबको कार्यपालिका बैठकबाट यो कार्यविधि पास हुने बताउनुभयो ।