नन्द कठायत ।
सुर्खेत, ११ भदौ (जागरण) । कर्णाली प्रदेशमा दुई सय ३७ जना किसानले ऋण लिएका छन् । प्रदेश सरकारले किसानका लागि ल्याएको ब्याज अनुदान कार्यक्रम अन्र्तगत हालसम्म दुई सय ३७ जनाले ऋण लिएका हुन् ।
कृषि व्यवसाय गर्न चाहने तर लगानी गर्न र क्रणको ब्याज तिर्न नसक्ने किसानका लागि सहयोग पुग्ने गरी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बैकहरुसँग सम्झौता गरेको थियो ।
मन्त्रालयका अनूसार जसमा कृषि विकास बैकले ४४ करोड ४६ लाख रकम किसानलाई ऋण लगानी गरेको छ ।
जसमा एक सय ३१ जना किसानले कुखुरा पालन, बाख्रा, माछा पालन, तरकारी खेती लगाएत कृषिजन्य सामाग्री खरिदमा ऋण लिएका हुन् ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकमार्फत दुई करोड ८४ लाख ९२ हजार रुपैयाँ लगानी लगानी गरेको छ ।
त्यस्तै, शिखर बचत तथा ऋण सहकारी संस्था भेरीगंगा नगरपालिका सुर्खेतले नौ लाख नौ हजार रुपैयाँ ३३ जना किसानका लागि ऋण लगानी गरेकोमा वीरेन्द्रनगर नगरपालिकाको सिर्जना बचत तथा ऋण सहकारी संस्था लिमिटेड संस्थाले ५३ लाख ५३ हजार रुपैयाँ ३३ जना किसानलाई ऋण लगानी गरेको मन्त्रालयका प्रवक्ता धन बहादुर कठायतले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
बैंक र सहकारीले ४७ करोड ९३ लाख १० हजार रुपैयाँ किसानलाई ऋण लगानी गरेका छन् ,भने सरकारबाट ८३ लाख ३७ हजार हजार अनुदान स्वरुप उपलब्ध गराएको उहाको भनाई छ ।
हालसम्म बाख्रा, भैसी, कुखुरा, बंगुर, माछा पालन र तरकारी खेती जस्ता प्रयोजनका लागि सहुलियत ऋण लिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले विपन्न वर्गका किसानका लागि यो कार्यक्रम ल्याएको भन्दै अझै किसानको पहुँचमा सहज र सरल तरिकाले पु¥याउने ढंगले लागेको जनाएको छ । तर यता किसानले भने यसको लाभ वास्तविक किसानले भन्दा पनि हुनेखाने र नजिकका व्यक्तिले मात्रै लिने गरेको बताएका छन् । ऋण लिएका व्यक्तीहरुको व्यवसायको समेत अनुगमन नभएको कतिपयले बताएका छन ।